रमेश बहादुर सिह । बझाङंको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ डिम्मरतोलाका एक किशोरीको डुण्डीएर मृत्यु भएको छ ।
आईतबार बिहान ८ बजे धान काट्न खेत जान्छु भनि गएकी १९ बर्षिया सृष्टी थापाले आफ्नै खेतमा रहेको भिमलको रुखमा झुण्डीएर मृत अवस्थामा फेला परेकी छिन् ।
खेतमा झुण्डिएको बाख्रा चराउन गएका एक व्यक्तिले देखेका थिए । प्रहरी चौकी छान्नाका असई मोनी नाथले यस घटनाका बारे थप अनुसन्धान भईरहेको बताए ।
सृष्टि महालिगं माध्यामिक विद्यालय कक्षा १२ मा अध्ययनरत थिईन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology