नन्दु यादव, पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकामा रहेकाे प्रतापपुर आयुर्बेद शाखाकाे आफ्नाे निजि भवन नहुदा सेवा ग्राहि लाई सेवा दिन समस्या भएकाे प्रतापपुर अायुर्बेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिनु भयाे । आयुर्बेद शाखाकाे लागि शान्त र फराकिला ठाउकाे लागि आवश्यकता हाे ।
भाडामा लिएकाे काेठा काे निकै साघुराे छ हामिलाई अावश्यकता अनुसार ठाउँ अपुग भएकाे छ वहाले बताउनु भयाे ।२०७२साल असार २६ गते देखि सन्चालनमा आएकाे आयुर्बेद शाखा नाैलाे बिहानी सहकारी सस्थाकाे ४वटाकाेठा मासिक ४हजारकाे दरले भाडामा लिई सेवा प्रवाह गर्दै आएकाे छ ।भाडामा लिएकाे एउटै भवनमा सहकारीकाे सेवा र तेहि भवनमा स्वास्थ्य काे सेवा प्रवाह गर्दा निकै समस्या भएकाे छ ।
आम जनताले पनि सहकारी कि आयुर्वेद शाखा हाे भनेर अलमलिरहेका छन ।आयुर्बेद शाखाले बार्षिक १३हजार सम्म आमजनतालाई सेवा प्रवाह गर्दै आएकाे छ ।
उता गाउँपालिकालाई भवन निर्माणकाे लागि पटकपटक अनुराेध गर्दा पनि गाउँपालिकाले वास्ता नगरेकाे समेत प्रमुख मिश्राले गुनासाे गर्नु भयाे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology