Logo

२०८३, श्रावण ३०गते


images
images

पर्यटन क्षेत्रमा आम्दानी बढ्याे 

पर्यटन क्षेत्रमा आम्दानी बढ्याे 

images
  • पर्यटन क्षेत्रमा आम्दानी बढ्याे 
    images
    images

    काठमाडौ । नेपालबाट विदेश घुम्न जानेहरु भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ । 

    images
    images
    images

    नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार पर्यटन क्षेत्र नाफामा देखिए पनि समग्र सेवा क्षेत्र भने २३ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । 

    images
    images
    images

    यसो हुनुमा शिक्षामा ठूलो रकम विदेशिनु हो। नेपालले कात्तिक मसान्तसम्म विदेशी पर्यटकबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । 

    images
    images
    images

    यो अघिल्लो आव २०७८/७९ को तुलनामा १३७ प्रतिशत धेरै हो । सो आवमा यस अवधिमा मात्र ७ अर्ब ५८ करोड रुपैयाँ आम्दानी भएको थियो । समीक्षा अवधिमा भ्रमण व्यय भने ३३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जसमा शिक्षामा २२ अर्ब ६१ करोड विदेशिएको छ । 

    यसअनुसार १० अर्ब ४५ करोड रुपैयाँ भने नेपालीले विदेश घुमफिरमा खर्च गरेका छन् । 

    अघिल्लो आवको यसै अवधिमा भ्रमण व्यय २० अर्ब १९ करोड रुपैयाँ थियो । जसमा शिक्षाका लागि विदेशिएको रकम १० अर्ब ७० करोड थियो । अर्थात सो आवको चार महिनामा भ्रमणमा विदेशिने रकम ९ अर्ब ४९ करोड रहेको थियो । तथ्यांक अनुसार नेपालबाट भ्रमण शीर्षकमा बाहिरिने रकम भने गत आवकै हाराहारीमा छ । यसवर्ष पर्यटक आगमन बढ्दा यस क्षेत्रको आम्दानीमा वृद्धि भएको हो । 

    सन् २०२२ को नोभेम्बरसम्म ५ लाख ४२ हजार ९७५ जना पर्यटक आइसकेका छन् । सन् २०२१ मा पर्यटक आगमन मात्र १ लाख ४९ हजार ८३३ जना मात्र रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।