Logo

२०८३, आश्विन ९गते


images
images

सहिद दुर्गा तिवारीको स्मृतिमा देवदहमा रचना वाचन तथा दीप प्रज्ज्वलन

सहिद दुर्गा तिवारीको स्मृतिमा देवदहमा रचना वाचन तथा दीप प्रज्ज्वलन

images
  • सहिद दुर्गा तिवारीको स्मृतिमा देवदहमा रचना वाचन तथा दीप प्रज्ज्वलन
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा सहिद दुर्गा तिवारीको सम्झनामा रचना वाचन तथा दीप प्रज्ज्वलन  गरिएको छ । सोमबार साँझ स्व. दुर्गा तिवारीको छैठौं वार्षिक स्मृतिमा देवदहको खैरेनीस्थित उनको घर प्राङ्गणमा रचना वाचन तथा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको हो ।

    images
    images
    images

    रुपन्देहीको देवदहमा २०७३ साल पौष ४ गते अज्ञात समूहद्वारा गोली प्रहार गरि तिवारीको हत्या गरिएको थियो। सहिद तिवारीले समाजमा पूर्याएको योगदानको स्मरण गर्दै स्मृति दिवस विशेष कार्यक्रम गरिएको सहिद दुर्गा वसन्त स्मृति प्रतिष्ठानका अध्यक्ष दिपेश बिक्रम मल्लले बताए।

    images
    images
    images

    कार्यक्रममा देवदहभित्र रहेका साहित्यकर्मीहरु निर्मल ढुंगाना, यज्ञ प्रसाद न्यौपाने, सुशील सापकोटा, गणेश न्यौपाने, सागर भट्टराई, महेश्वर शर्मा, स्वतन्त्र नेपाल, अशोक गैरे लगायतले रचना वाचन गरेका थिए। 

    images
    images
    images
    320386833_1911407232530583_5251637514243575029_n.jpg

    कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराई, नेकपा एमालेका नेता यम राना, सहित तिवारीका दाजु चक्रपाणि तिवारी, जगदीश तिवारी लगायतको उपस्थिति रहेको थियो। 

    सहिद दुर्गा वसन्त स्मृति प्रतिष्ठान आयोजक रहेको कार्यक्रममा उज्यालो लाल्टिन प्रतिष्ठान, युगिन साहित्य समाज र अनुराग साहित्य समाज सह-आयोजकको रुपमा रहेका थिए। 

    प्रतिष्ठानका अध्यक्ष दिपेस बिक्रम मल्लको अध्यक्षता रहेको कार्यक्रम संस्थाका सचिब लक्ष्मण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।