देवदह । सहिद दुर्गा तिवारीको स्मृतिमा देवदहमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । तिवारीको पाँचौ स्मृति दिवसको सन्दर्भमा देवदह वडा नं. ४ मा कृयाशिल जनजागरण युवा क्लबले शनिवार देवदहको सिंगाहामा प्रतियोगिता आयोजना गरेको हो ।
एक कार्यक्रम विच देवदह नगरपालिकाका खेलकुद समिति संयोजक समेत रहेका वडाध्यक्ष दिपक चापागाईंले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्धाटन गर्दै वडाध्यक्ष चापागाईंले दुर्गा सहिद तिवारीको स्मृतिमा कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

क्लबका अध्यक्ष थाम प्रसाद चापागाईं 'अजय' को अध्यक्षता र उपाध्यक्ष गोपाल पाण्डेद्वारा संचालित प्रतियोगिता उद्धाटन कार्यक्रममा सहिद दुर्गा तिवारी - वसन्त पौडेल स्मृति प्रतिष्ठानका संरक्षक चक्रपाणी तिवारी, प्रतिष्ठानका अध्यक्ष दिपेश विक्रम मल्ल, स्थानीय शान्ति प्राविका प्रधानाध्यापक शेषनारायण रेग्मी, टंकनाथ पाण्डे लगायतले सहिद दुर्गा तिवारीको योगदानको चर्चा गरेका थिए ।
प्रतियोगितामा देवदह, बुटवल, सैनामैना र बर्दघाट नगरपालिकाका ३५ टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुने दुई टिमलाई ५-५ हजार नगद सहिद शिल्ड तथा प्रमाण प्रदान गर्ने क्लबले जनाएको छ ।
टिम दर्ताको लागि प्रतिटिम १ हजार ५ सय दर्ता शुल्क तोकिएको छ ।
साथै सोही स्थानमा आइतबार (भोलि) खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology