Logo

२०८३, श्रावण २७गते


images
images

एउटा शिक्षकले एउटै विद्यालयमा ५ वर्ष भन्दा बढी पढाउन नपाइने 

एउटा शिक्षकले एउटै विद्यालयमा ५ वर्ष भन्दा बढी पढाउन नपाइने 

images
  • एउटा शिक्षकले एउटै विद्यालयमा ५ वर्ष भन्दा बढी पढाउन नपाइने 
    file photo
    images
    images

    काठमाडौं । एक सामुदायिक विद्यालयमा एक शिक्षक कार्यरत रहने अवधि बढीमा पाँच वर्षको बनाउने र त्यसपछि स्वतः सरुवा गरिने नीति ल्याइने भएको छ। 

    images
    images
    images

    विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि तयार पारिएको मस्यौदामा यो नीति लागू गरिने उल्लेख छ। 

    images
    images
    images

    त्यस्तै,शिक्षकले सुरु पदस्थापन भएको विद्यालयमा अनिवार्य रूपमा २ वर्ष कार्यअवधि पूरा नगरी अर्को विद्यालयमा सरुवा हुन नपाउने व्यवस्था गर्ने नीति ल्याइने पनि मस्यौदामा उल्लेख छ। ‘शिक्षकको सरुवा वैशाख महिनामा मात्र गर्ने प्रणाली स्थापित गरिनेछ,’मस्यौदामा भनिएको छ।

    images
    images
    images

    नेपाल अभिभावक महासंघका अध्यक्ष एवं मस्यौदा लेखन उपसमितिका सदस्य शुप्रभात भण्डारीका अनुसार तयार भएको उक्त मस्यौदा राष्ट्रिय आयोजनाका उपाध्यक्षमार्फत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरिएका छ। यो नीति पारित भएमा अनिवार्य रूपमा लागु गरिने छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।