नेपाल हाम्रो देश । हाम्रो देशमा जुन शिक्षाको परिकल्पना गरिएको छ त्यो कसको हो ? यसको परिकल्पनामा शासकको अभिमान कति छ र जनाताको स्वाभिमान कति छ ? हामीले देख्ने सपना, बाचिरहेको अबस्था र देशको इतिहासले समनता देखाउँछ की देखाउदैन ? पक्कै पनि हामीले देख्ने सपनामा त समानता होला तर हामीले बाँचिरहेको अबस्था र देशको इतिहासले यस्तो देखाउदैन । हामीले ग्रहण गरेको शिक्षाको मुल मर्म के हो ? देशले कस्ता नागरीकको अपेक्षा राखेको छ ? हुनतः हामीले कक्षा कोठामा दिइने शिक्षा र जीवन भोगाइका बीचमा ठुलो खाडल छ । हाम्रा जीवनमा घट्ने समस्याहरुको गणीत स्कुल कलेजका कितावमा हल गरीएको छैन, बरु परम्परागत ज्ञानको विरासतले नै अहिलेसम्म हाम्रो जीवीका चलेको छ । तर राज्यले राख्ने नीतीमा यी कुराहरुको स्पष्ट खाका हुनु आबस्यक छैन र ? राज्यले सबै जनता समान हुन भन्ने भावना सबै जनताहरुमा देखाउन आवस्यक छैन र ?
इतिहास पल्टाएर हेर्ने हो भने समनता त कुनै क्षेत्रमा पनि भेटिदैन । र, इतिहास पढ्ने भनेकै पाठ सिक्नलाई हो । भविश्यमा गल्तीहरु नदोहोरिउन भन्नलाई । समाज, सामाजिक संरचनाका कारण जटिल बन्दै गैरहेको छ र फेरी पनि अगिल्लो पुस्ताहरु जे मा सन्तुष्ट थिए, यो पुस्ता हुने वाला छैन ।
राणाकालमा खुलेका शैक्षिक संस्थाको प्रमुख उदेश्य हेर्ने हो भने शासन प्रशासनमा काम गर्ने कर्मचारी उत्पादन गर्नु थियो । र, कर्मचारीहरुको विशिष्ट सांस्कृतिक चरित्रको रुपमा चाकरी प्रथा थियो, जुन आजका दिनमा पनि रहेको छ र अर्को कुरा सरकारी निणर्यमा कर्मचारीतन्त्र हावी छ ।
फ्रान्समा शिक्षक र वैज्ञानिकहरुलाई मात्र विशिष्ट श्रेणीको नागरिक मानिन्छ । जापानमा शिक्षकलाई गिरफ्तार गर्न अनिवार्य सरकारको अनुमति चाहिन्छ । जर्मनमा शिक्षकको जति तलब हाम्रो पनि हुनुपर्छ भनेर अरु कर्मचारीहरुले आन्दोलन गर्दा जर्मन चान्सलर एन्जेला मर्केलले भनीन् शिक्षक तँपाईहरुलाइ उत्पादन गर्ने हो त्यसैले शिक्षक जति तलब अरुको कसरी हुन सक्छ ? हाम्रो देशमा भने न शिक्षक मर्यादाक्रममा राखिन्छ न राष्ट्रसेवक भनिन्छ ।
प्रजातन्त्र प्राप्ती भन्दा अघि देखि नै शिक्षामा विभेद दखिन्छ । कहिले विषयगत विभेद त कहिले सेवागत । वि.स २००४ सालमा भएको जयतु संस्कृतम आन्दोलनको इतिहास हेर्ने हो भने त्यतीबेलाका तत्कालिन मागमा संस्कृत शिक्षा र अंग्रजी शिक्षाका गुरुहरुमा भेद नगरियोस, सरकारी नीजामति सेवा तथा गैरसरकारी सेवामा समस्तरका सबैलाई समान सेवा सुविधा र सुरक्षासाथ प्रवेश गर्ने अवसर दिइयोस् , भनेर माग गरिएको पाइन्छ । तत्कालिन समयमा पनि शिक्षक दोस्रो दर्जामा नागरिक सरह देखिन्छ ।
परापुर्वकालदेखि गुरु यानेकी शिक्षक शब्दले जुन ओझ र औरा बोकेर आएको थियो, भर्खरै सरकारले ल्याएको बजेट र बजेटमा शिक्षकहरुप्रति गरिएको सम्बोधन र उपेक्षा अनि दोस्रो दर्जाको पेशा अझ त्यो भन्दा बडि राष्टसेवक नै होइन भन्ने जस्ता कुराले सम्पूर्ण शिक्षकहरुको नुर गिरेको छ ।
पञ्चायती कालदेखि नै सरकारले शिक्षक कर्मचारीहरुलाई अल्मल्याउँदै आएको छ । पुर्व अमेरीकी राष्ट्रपति ह्यारी यस र्टुरम्यानको भनाइ छ, "यदि तपाँई तिनीहरुलाई विश्वास दिलाउन सक्नुहुन्न भने भ्रमित तुल्याइदिनुहोस ।" सरकारले अहिले शिक्षकहरुलाइ यस्तै बनाएको छ ।
शिक्षा मन्त्रिको राष्टसेवक कर्मचारी र शिक्षक एकै हो वा होइनन् भन्ने सम्मको दुविधाले के देखाउँछ भने की त हामीले चुनेर पठाएका जननेता बजेट निर्माण वा नीति निर्माणमा सामेल थिएनन् अथवा उनीहरु नै द्धैद चरित्रका छन । होइन भने सबै काम राष्ट्रसेवक ठानीएका मन्त्रालयका कर्मचारी हरुको हो । जसको जे जिम्मेवारी हो, उसले त्यही गर्दा धोका हुँदैन धोका त त्यति बेला हुन्छ जब समाजमा स्थापित जिम्मेवारीसँग खेलबाड हुन्छ । सरकार र नीति निर्माताहरु अहिले गैर जिम्मेदारी पेशामा लागेको यिनीहरुका कामले प्रतिबिम्बित गर्छ । यो अहिले मात्र होइन पहिले देखिको परम्परा भैआएको छ । उहिल्यै डोरबहादुर विष्टको ठम्याइ थियो , शिक्षा मन्त्रालयको कर्मचारीतन्त्र छिटै जडतामा फँस्यो, योजना पण्डित्याई छाँटने विषय भयो र चाकरी नै फेरी एकपटक आप्नो काम सम्पन्न गर्ने मुलतन्त्र बन्यो ।
पञ्चायती कालदेखि नै सरकारले शिक्षक कर्मचारीहरुलाई अल्मल्याउँदै आएको छ । पुर्व अमेरीकी राष्ट्रपति ह्यारी यस र्टुरम्यानको भनाइ छ, "यदि तपाँई तिनीहरुलाई विश्वास दिलाउन सक्नुहुन्न भने भ्रमित तुल्याइदिनुहोस ।" सरकारले अहिले शिक्षकहरुलाइ यस्तै बनाएको छ । वर्षेनी आयोग खुल्ने स्थायी बन्ने सपना देखायो । प्रविधिमैत्री शिक्षाको भाषण दियो । सीपमुलक र रोजगारी मुलक शिक्षाको नारा दियो । शिक्षकका लागि अस्पताल, विमा, पर्यटन काज, खाजा भत्ता, गाडी सरकारी क्वाटर वा जीवन वृतिकालागी चाहिने कुनै पनी सुविधा कहिल्यै चासोका विषय बनेनन् । शिक्षकका माग लेख्दै जादा धेरै छन ।
सबै शिक्षकका मनमा बारम्बार आउने प्रश्न भनेका— शिक्षक र निजामति बिचमा किन असमानतारु छन ? ग्रेड संख्यामा किन फरक छ ? खरिदारको दश ग्रेड हुँदा प्रावि शिक्षकको ६ मात्र किन? सेवा अवधि १७, १८ वर्ष हुँदा पनि बढुवा किन नभएको ?अस्थाइ सम्बन्धन स्कुलहरु मापदण्ड पुर्याउदा पनि स्थायी स्वीकृती किन नभएको? विद्यालय कर्मचारी, इसिडी र लेखाको श्रमशोषण कहिले सम्म रहला ? आयोगको प्रतिबेदन सार्बजनिक किन नगरेको होला वा प्रतिबेदन अनुसार कार्यान्वन नहुनुको कारण के होला? आदि हुन । यी प्रश्नहरुले शिक्षकहरुको दिमाख भारी बनाएको छ की आलोचनात्मक चेत बढाएर हल्का बनाएको छ ? यो उनीहरुनै जानुन् तर मुख्य सवाल समानताको हो ।
शिक्षकमा विभेद सधै छ । पाकाहरुको अनुभव छ, साउनको बजेट भाषणले कर्मचारीहरुको तलब बड्दा शिक्षक कर्मचारीहरुको बड्दैनथ्यो अनी साउनबाट आन्दोलन थालेका शिक्षकले मंसिरमा गएर बल्ल बड तलब पाउँथे । आन्दोलन नगरी कहिल्यै शिक्षकले केही प्राप्त गरेका छैनन् । आन्दोलन गर्नु त उनीहरुको बानी नै बनिसक्यो । अरु कर्मचारीले महिनै पिच्छे पाउने तलब शिक्षकले चार महिना सम्म कुर्नुपर्ने ?
शिक्षकमा विभेद सधै छ । पाकाहरुको अनुभव छ, साउनको बजेट भाषणले कर्मचारीहरुको तलब बड्दा शिक्षक कर्मचारीहरुको बड्दैनथ्यो अनी साउनबाट आन्दोलन थालेका शिक्षकले मंसिरमा गएर बल्ल बड तलब पाउँथे । आन्दोलन नगरी कहिल्यै शिक्षकले केही प्राप्त गरेका छैनन् । आन्दोलन गर्नु त उनीहरुको बानी नै बनिसक्यो । अरु कर्मचारीले महिनै पिच्छे पाउने तलब शिक्षकले चार महिना सम्म कुर्नुपर्ने । अहिले संघियता आएर गाँउ गाँउमा सिंहदरबार आएको चार बर्ष वितीसक्दा पनि स्थानीय सरकारले परीचयपत्र समेत दिएको छैन ।
आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले कुल बजेट १६ खर्ब ४७ अर्ब ५७ करोडमध्ये १ खर्ब ८० अर्ब, चार करोड शिक्षामा खर्च गर्ने भनिएको छ । यो कुल बजेटको लगभग १०.९३ प्रतिशत हो, जबकी शिक्षाका सरोकारवालाले कम्तिमा २० प्रतिशत माग गर्दै आएको दसकौं वितिसकेको छ ।
अरु देशमा शिक्षकको स्थीति कस्तो छ भनेर सामाजिक संजालमा छ्याप छ्याप्ती सुचनाहरु देखिन्छन । फ्रान्समा शिक्षक र वैज्ञानिकहरुलाई मात्र विशिष्ट श्रेणीको नागरिक मानिन्छ । जापानमा शिक्षकलाई गिरफ्तार गर्न अनिवार्य सरकारको अनुमति चाहिन्छ । जर्मनमा शिक्षकको जति तलब हाम्रो पनि हुनुपर्छ भनेर अरु कर्मचारीहरुले आन्दोलन गर्दा जर्मन चान्सलर एन्जेला मर्केलले भनीन् शिक्षक तँपाईहरुलाइ उत्पादन गर्ने हो त्यसैले शिक्षक जति तलब अरुको कसरी हुन सक्छ ? हाम्रो देशमा भने न शिक्षक मर्यादाक्रममा राखिन्छ न राष्ट्रसेवक भनिन्छ । शिक्षकहरु दोस्रो श्रेणीका जनता जस्ता देखिन्छन । शिक्षा र शिक्षकका नीति नियम निजामतीले बनाउछन । बुद्धिजिबीको ठेक्का यीनै राष्ट्रसेबक भनीएका नीजामति कर्मचारीले लिएको जस्तो देखिन्छ ।
शिक्षकका माग राखिएर पोष्ट गरिएका सामाजिक संजालमुनि कमेन्ट सेक्सनमा हेर्नुपर्छ लाजै लाग्ने कमेन्ट देखिन्छन । घरमा भैंसि व्याउदा पनि विदामा बस्ने शिक्षक तिमीहरुलाई माग सम्बोधन ! खैराती मास्टर ! हातभरी गोबर गन्याएर कक्षामा आउने अझ ठुला कुरा गर्ने !
अझ शिक्षकका माग राखिएर पोष्ट गरिएका सामाजिक संजालमुनि कमेन्ट सेक्सनमा हेर्नुपर्छ लाजै लाग्ने कमेन्ट देखिन्छन । घरमा भैंसि व्याउदा पनि विदामा बस्ने शिक्षक तिमीहरुलाई माग सम्बोधन ! खैराती मास्टर ! हातभरी गोबर गन्याएर कक्षामा आउने अझ ठुला कुरा गर्ने ! यस्तै यस्तै । सायद यी कमेन्ट गर्नेहरु पनि शिक्षकहरुलेनै पढाएर आज शिक्षक भन्दा माथी पुगेका होलान ।
सबैलाइ थाहा भएकै कुरा हो । हाम्रो देशका सबै ठाँउहरुमा सुगमता छैन । स्कुलहरु दुरदराजमा पनि छन । सरकारी मान्छे वा पढेलेखेका मान्छे भनेकै शिक्षकहरु हुन ति ठाँउमा । कति ठाँउमा तिनीहरुको काम पढाउने काम मात्र हुदैन, जीउन सिकाउने पनि हुन्छ । गाँउमा मर्दा वा पर्दा शिक्षकहरु नै अगाडी पर्नुपर्ने हुन्छ । ती ठाँउमा सामाजिक अभियन्ता भनेकै शिक्षकहरु हुन । तिनीहरुले शिक्षकमात्र बनेर सुख पाउदैनन् । त्यहाँ शिक्षक बौद्धिक बर्गको भुमिकामा रहन्छ न की बुद्धिजीवीको । युग पाठकका शब्दमा बुद्धि भजाएर जीवीका चलाउने बुद्धिजीवी हो भने ज्ञानको प्रयोग र प्रशोधनद्धारा पुराना विचारको आलोचना र समाजलाई प्रगतितर्फ लैजाने विचार निर्माण गर्ने बौद्धिक हो । यस अर्थमा समाजको परिवर्तन ल्याउन शिक्षकको भुमिका अहम रहेको छ ।
शिक्षकहरुका पनि कमजोरी छन । दलगत शिक्षक संघ संगठनको कुनै तुक छैन । यो सरकार आफ्नो पक्षमा हुँदा देखाउने रवाफका लागि मात्र हो ।
परापुर्व कालमा होस वा अहिले आधुनिक युगमा शिक्षकले आफ्नो काम शान्त भावमा निभाएकै छ । भनिन्छ नी माछाले लाखौं फूल पार्छ तर शान्त रहन्छ, कुखुराले एउटै फूल पार्छ तर टोल नै थर्काउछ । केही सामान्य घटनालाइ छोडेर भन्ने हो भने शिक्षकले माछाको स्वाभाव देखाइरहे । शिक्षकलाइ लाग्ने आरोप यिनले कितावी रटान मात्र गराए भन्ने छ । यो उनीहरुको मात्र दोष होइन नीति नीर्माताको पनि हो । पहिले जस्तो कमल प्रसाद मल्लले भनेजस्तो आलोचनात्मक ज्ञान को ठाउँमा किताबी रटान, भौतिकको सट्टा आध्यात्मिक, मुर्तको ठाउँमा अमुर्त, अनुभवजन्य ज्ञानको सट्टा मायावी बयान र रचनात्मकको ठाउँमा उपदेशात्मक ज्ञानका परम्परा नेपाली समाजमा छ ।
तर अहिलेको शिक्षकले यस्तो भाष्य तोड्दै छन । सबै नभनौं धेरै शिक्षक स्मार्ट छन अहिले । धेरैका हातमा मोबाइल छन, तिनमा इन्टरनेट कनेक्सन छ । नजानेका कुराहरु तिनीहरु गुगल गरेर हेर्छन । संसारका कुराहरु जोडेर किताब पढाउछन । प्रयोगात्मक कक्षाहरु पनि सैद्धान्तिक सरह नै गराउछन ।
शिक्षकहरुका पनि कमजोरी छन । सरकार निन्दाको एकसुत्रीय मन्त्रले मात्र हामीलाई समाधान दिँदैन । खवरदारी गर्नु पर्छ तर त्यसले समाधानतर्फ सघाउनुपर्छ उल्टो बल्झाउनुहुन्न । दलगत शिक्षक संघ संगठनको कुनै तुक छैन । यो सरकार आफ्नो पक्षमा हुँदा देखाउने रवाफका लागि मात्र हो । शिक्षा राजनीति बाट टाढा रहनुपर्छ बरु सबै शिक्षकको एउटै छाता संगठन स्वतन्त्र शिक्षक संगठनले शिक्षामा देखिएका समस्यालाइ खबरदारी गर्नुपर्छ । शिक्षकहरु नै बालबालिकाका रोल मोडेल हुन र समाजमा सबै भन्दा बडि घुलमिल हुने ब्यक्ति हुन त्यसैले कक्षामा पढाउने मात्र भन्दा पनि बढि शिक्षकले समाज सिकाउनु पर्छ । शिक्षकले वैयक्तिक, नैतिक, सामाजिक तथा पेशागत सिप वा गुण सधै स्वच्छ र समयसापेक्ष बनाउनै पर्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology