Logo

२०८३, आश्विन २३गते


images
images

शिक्षा

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने व्यवस्था गरिदै

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने व्यवस्था गरिदै

images
  • शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने व्यवस्था गरिदै
    images
    images

    काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३  सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

    images
    images
    images

    प्रस्तावित व्यवस्थाअनुसार  माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारी साधन खरिद  गर्न सक्नेछन् । 

    images
    images
    images

    त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु. ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद  गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    images
    images
    images

    सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा  लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने  व्यवस्था नियमावलीमा राखिएको छ । शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन् ।  

    शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने व्यवस्था गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।