Logo

२०८३, श्रावण ३०गते


images
images

चुनिएका सांसद र संसद् भवन चिहाइरहेका चिसा अनुहारहरु

चुनिएका सांसद र संसद् भवन चिहाइरहेका चिसा अनुहारहरु

images
  • सेतोमसी सहकर्मी
  • चुनिएका सांसद र संसद् भवन चिहाइरहेका चिसा अनुहारहरु
    images
    images

    काठमाडौं । बिहीबार अपराह्न १ बजेतिर ८७ वर्षीय शम्भुकाजी श्रेष्ठ सडक नजिकबाट बानेश्वरको संसद् भवनभित्र चिहाइरहेका थिए । पुषको जाडोले उनको अनुहार कठ्यान्ग्रीएको प्रष्ट देखिन्थ्यो।  भित्र गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदको शपथ ग्रहण कार्यक्रम चलिरहेको थियो ।

    images
    images
    images

    उनी बालिग भएदेखि सबै निर्वाचनमा भोट हाल्दै आएका मतदाता हुन् । गत मङ्सिर ४ मा पनि उनले मतदान गरे । आफू पनि संलग्न भएको निर्वाचनबाट चुनिएर आएका सांसदले शपथ ग्रहण गरेको ‘रमिता’ हेर्न उनी बानेश्वर आएका हुन् ।

    images
    images
    images

    धेरै अघिदेखि जनप्रतिनिधि चुन्दै आएको अनुभवका आधारमा उनलाई यसपालि आउने जनप्रतिनिधिले पनि खासै केही गर्छन् जस्तो लागेकाे चाहिँ छैन । चुनावको बेलामा जे पनि भन्ने र चुनाव जितेकै दिनदेखि मतदातासँग गरेको बाचा भुल्ने गरेका जनप्रतिनिधि उनले धेरै भोगेका छन् ।
     
    ‘चुनावका बेला धेरै बाचा गर्छन्, चुनाव जितेपछि सबै उस्तै त हुन् नि ! कसैले केही गर्दैनन् । मलाई त नयाँ सांसद वा मन्त्रीले पनि केही गर्छन् जस्तो लाग्दैन,’ श्रेष्ठले सेतोमसीसंग भने । 

    images
    images
    images

    उनले नयाँ सरकारले गर्नुपर्ने प्राथमिकताको काम पनि सुनाए । ‘देशमा सुशासन हुनुपर्‍याे, शान्ति हुनुपर्‍यो, विकास हुनुपर्‍यो, अहिले नेपालीलाई चाहिएको कुरा नै यही त हो नि ! बाँकी धेरै त कसले खोजेको छ र ?’ श्रेष्ठ भन्छन् ।
     
    प्रत्येक पटकको निर्वाचनमा आफूले मतदान गर्ने गरेको भए पनि देशको विकास नभएकामा उनको चित्त दुखेको छ । छिमेकी देशले आफ्नै आँखा अगाडि विकासमा फड्को मार्दा पनि नेपाल पछि परेकामा उनी चिन्तित देखिन्थे ।

    ‘हामीले हेर्दाहेर्दै छिमेकी मुलुकले विकासको एक फन्को मारिसके, हाम्रो सरकार भने भएका कलकारखाना समेत सबै बन्द गरेर बसेको छ, यस्तासँग के आशा गर्नु ?’ श्रेष्ठ प्रश्न गर्छन् ।

    वीरगन्ज घर भई हाल बानेश्वरमा कपडा पसल गर्दै आएका ३९ वर्षीय अखिलेश चौधरीलाई पनि देशले नयाँ नेतृत्व पाए पनि परिवर्तन होला भन्ने खासै आशा छैन । र, आशा गर्नुको विकल्प पनि उनीसँग छैन ।

    ‘यिनीहरूले केही गर्न सक्ने थिए भने हिजोको दिनमा पनि गर्न सक्थे, किनभने हिजोका दिनमा पनि यिनीहरू नै सांसद/मन्त्री भएका थिए । अब त्यस्तो धेरै गर्लान् भन्ने मलाई लाग्दैन । तर, जनताले निर्वाचित गरेर पठाएका यिनीहरू नै हुन्, यिनीहरूसँग आशा गर्नुको विकल्प पनि छैन, हेरौँ के हुन्छ,’ चौधरी भन्छन् ।

    नेपाललाई सिंगापुर वा स्विट्जरल्यान्ड बनाउँछु भन्ने भाषण धेरै सुनेका उनी त्यो भाषणबाट दिक्क छन् । नेपाललाई नेपाल जस्तो नै रहने गरी नेपालकै वस्तुगत अवस्था अनुसार विकास गर्नुपर्ने उनको जोड छ ।

    ‘नेपाललाई नेपाल नै रहन दिनुपर्‍यो, नेपाली परिवेश अनुसारको विकास गर्नुपर्‍यो, सिंगापुर जस्तो वा स्विट्जरल्यान्ड जस्तो नेपाल चाहिएको होइन । हामीलाई त विकसित तर नेपाल जस्तै नेपाल चाहिएका हो,’ उनले भने ।

    चौधरीका अनुसार अहिले देशमा रोजगारी सिर्जना पहिलो प्राथमिकता हो । नयाँ सरकारले रोजगारी सिर्जनामा बढी ध्यान दिनुपर्ने उनको सुझाव छ ।

    देशमा युवा प्रतिनिधिहरू भित्रिएसँगै हराएको आशा अलिकति जागेको बताउँछन्- झापा घर भई हाल बानेश्वरमा बस्दै आएका ४५ वर्षीय ज्ञानेन्द्र लिम्बू । उनी देशले नयाँ रूप लिन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको बताउँछन् । त्यस्तै जनताले विश्वास गरेर दिएको मतको सही सदुपयोग गर्ने जनप्रतिनिधि भए देशले काँचुली फेर्ने उनको भनाइ छ ।
     
    स्याङ्जा घर भई हाल बानेश्वर बस्दै आएकी १९ वर्षीय काव्या थापा सरकारले देशमा उचित र गुणस्तरीय शिक्षाको व्यवस्थापनमा जोड दिनुपर्ने बताउँछिन् । उनी हाल शिक्षा शास्त्रमा स्नातक तहमा पढ्दै छिन् ।  

    हाल निर्वाचित सांसदहरूले गर्नुपर्ने महत्वपूर्ण कार्यहरूमा प्रमुख भनेको युवाहरूलाई देश छाड्नुबाट रोक्नुपर्ने बताउँछन्- वीरेन्द्र न्यौपाने । उनका अनुसार देशलाई विकासतर्फ लैजान महत्वपूर्ण भूमिका युवाहरूले खेल्ने गर्छन् । नवनिर्वाचित सांसदहरूले देशमा उचित रोजगारीको व्यवस्थापन गर्न सके र युवाहरूलाई प्रोत्साहन गर्न सके देशले रूप फेर्ने उनको आशा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।