Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपाले माग्यो सिंहदरवारमा छुट्टै कार्यालय

रास्वपाले माग्यो सिंहदरवारमा छुट्टै कार्यालय

images
  • रास्वपाले माग्यो सिंहदरवारमा छुट्टै कार्यालय
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको कार्यालयका लागि सिंहदरवारमा छुट्टै व्यवस्थाको माग गरेको छ ।
    संघीय संसद सचिवालयले ४ मंसिरको आम चुनावबाट आएका नयाँ दलहरूका लागि विगतमा हेलो सरकार बस्दै आएको भवनमा संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । जहाँ रास्वपा, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत स्वतन्त्र सांसदहरूका लागि कार्यालय व्यवस्थापन गरिएको छ ।

    images
    images
    images

    पुराना पार्टीहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका लागि साविककै स्थानमा संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ ।
    नेपाली काँग्रेस र नेकपा एमालेको आफ्नै कम्पाउण्डसहितको भवन छ । अलग कम्पाउण्ड नभए पनि माओवादीको कार्यालय पनि छुट्टै छ ।

    images
    images
    images


    रास्वपाले पुराना पार्टीहरूलाई छुट्टै कार्यालय व्यवस्थापन गरिएको तर, नयाँ पार्टीहरूका लागि एकै ठाउँमा कार्यालय दिएको भन्दै असन्तुष्टि जनाएको हो । गोपनीयता लगायतका कारणले पनि आफूहरूको पार्टीका लागि छुट्टै कार्यालय आवश्यक भएको रास्वपाले संसद सचिवालयलाई भनेको छ ।
    नेकपा एकीकृत समाजवादीको संसदीय दल साविककै स्थान (संसद भवन नम्बर १) मा छ । यसतर्फ सङ्केत गर्दै रास्वपाका प्रवक्ता मुकुल ढकालले नयाँ र पुराना दलका लागि अलग अलग कार्यालय व्यवस्थापन गरिनु गलत भएको बताए ।
    आफूहरू संसद्को चौथो ठूलो दल भएकाले त्यही अनुसार छुट्टै कार्यालय व्यवस्थापनका लागि आग्रह गरिएको उनले जानकारी दिए ।
    रास्वपाको मागका सम्बन्धमा संसद सचिवालयका अधिकारीहरूले ‘छलफल गरौँला’ भन्ने जवाफ दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।