Logo

२०८३, आश्विन ९गते


images
images

रुरुका घरघरमा पुग्छ, न्यौपाने यात्रु सेवा

रुरुका घरघरमा पुग्छ, न्यौपाने यात्रु सेवा

images
  • सेतोमसी सहकर्मी
  • रुरुका घरघरमा पुग्छ, न्यौपाने यात्रु सेवा
    images
    images

    गुल्मी । गाउँघर मात्र हाेइन, घरका आगनसम्म सडक पुगेका छन तर भनेकाे बेला सवारी साधन पाइँदैन । पक्की सडकमा त बस जिप ट्रक दगुर्छन । तर गाउँभित्र पुग्न सारै दु:ख छ ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिका वडा नम्बर  १ च्यूरेक र थानपतीकाे माझैबाट सडक गएकाे छ तर सवारी साधन नियमित चल्दैन । बनतिरबाट गएकाे तानसेन रिडी तम्घास माेटरबाटाेबाट गाउँ आउन एक देखि डेढ किलोमिटरकाे यात्रा तय गर्नुपर्छ । मुख्यतया रुरुक्षेत्र गाउँपालिकाकाे ग्वादि भट्कुवा च्यूरेक याडुँग रिमुवा झमादी  लगायतका भित्रिगाउँहरुका वासिन्दाहरुलाइ सवारि साधनकाे सहज उपलव्धता छैन ।

    images
    images
    images

    गाउँघरका समुदाय मुख्य बजार रिडी भएकाले किनमेल धर्मकर्म ओेेेषधिमुलाे गर्न यहि बजारमा छिमेकका गाउँका वासिन्दा आँउँछन र ती ग्रामीण क्षेत्रका वासिन्दाको सवारि आवागमनलाई सजिलाे हाेस भनेर करिव एक वर्षदेखि रिडी बजार क्षेत्रमा अटाेरिक्सा चलाउने गरिएकाे छ ।

    images
    images
    images

    याे क्षेत्रका केही उत्साहि युवाहरुले करिव आधा दर्जन अटाेरिक्सा सन्चालनमा ल्याएका छन ।यिनै युवाहरु मध्येका तारानाथ न्याैपानेले वैदेशिक राेजगारीबाट फर्केर करिव दुई  वर्षदेखि आफ्नै जन्मथलो रिडीमा अटाेरेक्सा चलाउँछन ।

    करिव २० वर्ष पहिला दुवई र पछिल्लो चरणमा भारतिय शहर मुम्बई बसेका न्यौपानेले मुम्बई शहरमा पनि अटाेरेक्सा चलाउँथे । "कति विदेशमा वस्ने भनेर गााउँ फर्के यहाँ आए ।   यसाे विचार गर्दा आफ्नै नै पुरानाे पेशा गर्न मन लाग्याे ।  ५ लाखमा नयाँ अटाे किनेर चलाउन शुरु गरेँ" न्याौपानेले भने । "शुरुमा सबैले महँगाे भने पनि पछिल्लो चरणमा सबैले लौ भाइ आउन पर्याे भनेर फाेन गर्छन गाउँबाट सवारी ल्याउँछु र पुर्याउँछु मैले व्यवसाय सँगै समाज सेवा पनि गरेकाे छु" न्यौपाने भन्छन ।

    सधै हँसिलाे र फुर्तिलाे रहने तारानाथ न्यौपानेकाे याे क्षेत्रमा सबैकाे राेजाई हाे  । "जतिबेला भन्याे त्यतिबेल।, जहाँ भन्याे त्यहीँ पुग्छु" उनले भने ।

    लु १ ह २८३४ नम्बरको न्यौपाने यात्रु सेवा नाम राखेर चलाइएकाे अटाेबाट दैनिक दुई हजारसम्म आम्दानी हुन्छ । र,  यहि अटाेकाे आम्दानीले  उनकाे  परिवारकाे लालनपालन र शिक्षादिक्षाकाे गर्जाे टर्छ ।

    पेट्रोलबाट चल्ने अटाेले प्रति १० किलोमिटरमा एक लिटर पेट्रोल खर्च हुने बताउने तारानाथ न्यौपानेले भने सजिलै गाउँका आँगन आँगंनमा पुग्छ ।
    नजिकका वस्तिहरुबाट आउने वासिन्दाका प्रिय अटाेचालक तारानाथ न्यौपाने परिश्रमी र इमानदार छन ।
    अझै एउटा अटाे थप्ने साेँच रहेको उनी बताउछन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।