Logo

२०८३, श्रावण ३१गते


images
images

कांग्रेस गण्डकीको संसदीय दलको नेतामा पाण्डे

कांग्रेस गण्डकीको संसदीय दलको नेतामा पाण्डे

images
  • सेतोमसी सहकर्मी
  • कांग्रेस गण्डकीको संसदीय दलको नेतामा पाण्डे
    images
    images

    राजेश  पराजुली, पोखरा । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले भोजराज अर्याललाई पराजित गरेका हुन् । पाण्डेले १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए । एक मत बदर भएको छ ।
     आज दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकामा दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए । दुवैजनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिने भएपछि मतदानबाटै नेता छानिएका हुन् ।

    images
    images
    images

    पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए । अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए ।गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ । 

    images
    images
    images

    गठबन्धनबाट चुनाव लडेको कांग्रेसलाई माओावादी अध्यक्ष प्रचण्डले धोका दिएपछि मुलुकभरकै राजनीतिक समीकरण फेरिएको छ । संघ र सातवटै प्रदेशका कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुरेन्द्र पाण्डे
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।