काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका शीर्ष नेताहरू बैठकमा सहभागी छन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय र प्रदेशमा सरकारको नेतृत्वबारे बैठकमा छलफल हुने छ । गत आइतबार प्रधानमन्त्री नियुक्त भएर सोमबार शपथ ग्रहण गरेका प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । तीमध्ये पनि ४ मन्त्रीको विभाग तोकिएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology