Logo

२०८३, आश्विन ९गते


images
images

देवदहको जनता माध्यमिक विद्यालयले मनायो ३३औं  बार्षिकोत्सब

देवदहको जनता माध्यमिक विद्यालयले मनायो ३३औं  बार्षिकोत्सब

images
  • देवदहको जनता माध्यमिक विद्यालयले मनायो ३३औं  बार्षिकोत्सब
    images
    images

    नविन लुइँटेल, देवदह । देवदह नगरपालिका वडा नम्बर ८ स्थित जनता माध्यमिक विद्यालयले ३३ औं बार्षिकोत्सब मनाएको छ। बिहिबार एक औपचारिक समारोहको आयोजना गरि विद्यालयले बार्षिक उत्सब मनाएको हो। 

    images
    images
    images

    विद्यालयको ३३ औं बार्षिक उत्सब एवं अभिभावक दिवसको अवसरमा विद्यालयका चन्दादाता एवं शिक्षक-विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेले जानकारी दिए। सो अवसरमा चन्दा दाता हरिप्रसाद पाण्डे, टिकादेवी पाण्डे, चिन्तामणी पाण्डे, सेवा निवृत्त शिक्षक तुलसीदेवी अर्याल र पुर्व शिक्षक विष्णु थापा लगायत विभिन्न समितिमा रहेर जिम्मेवारी पूरा गर्ने शिक्षकहरुलाईलाई सम्मान तथा शैक्षिक सत्र २०७८ मा उत्कृष्ट हुने र खेलकुद प्रतियोगितामा विजेता हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको प्रअ पाण्डेले बताए। 

    images
    images
    images
    321253711_1233413843936110_3121309717925866618_n.jpeg

    बार्षिकोत्सब समारोहमा विद्यार्थीहरूले तयार गरेका बिभिन्न सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो । 

    images
    images
    images

    व्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद पाण्डेयकाे अध्यक्षतामा सम्पन्न बार्षिकोत्सब समारोहमा देवदह नगरपालिका वडा नम्बर ८ का अध्यक्ष हरि प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा  रहेको थियो। शिक्षक विमला अर्यालको संचालन रहेको कार्यक्रममा शिक्षक राजेश काफ्ले स्वागत गरेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।