Logo

२०८३, श्रावण ३०गते


images
images

'तिमी नहुँदा' कबिता संग्रहको लोकार्पण

'तिमी नहुँदा' कबिता संग्रहको लोकार्पण

images
  • 'तिमी नहुँदा' कबिता संग्रहको लोकार्पण
    images
    images

    बुटवल । नेपाली साहित्य परिषद शिलाङद्वारा प्रकाशित 'मादल' पत्रिकाको स्वर्ण जयन्तीका अवसरमा अभिनन्दन तथा कवि तुल्सीराम फुल्लेलको कविता संग्रह  'तिमी नहुँदा' को लोकार्पण समारोह बुटवलमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ। भारतको शिलाङमा रहेर नेपाली भाषा साहित्यमा महत्वपुर्ण योगदान पुर्याएका नेपाली साहित्य परिषद शिलाङका संस्थापक सचिव एवं बरिष्ठ साहित्यकार दिल साहनी, बरिस्ठ साहित्यकार रत्नलाल भुषाल  एवं दुर्गा अधिकारी लाई परिषदले अभिनन्दन गरेको हो। परिषदका सहसचिव एवं तिमी फुल्दा कविता संग्रहका रचयिता कवि तुल्सीराम फुल्लेलले खादा तथा मायाचिनो प्रदान गरेर अभिनन्दन गरे । 

    images
    images
    images

    अभिनन्दन समारोहमा बोल्दै बरिष्ठ साहित्यकार दिल साहनीले नेपाली भाषा साहित्यलाई माया गर्ने शिलाङबासी नेपाली दाजुभाईहरुको सकृयतामा खोलिएको साहित्य परिषदले स्वर्ण जयन्ती मनाउँदै गर्दा नेपाल आएर आँफुहरुलाई सम्मानित गर्दा खुसि ब्यक्त गरे । स्थापनाकालका साहित्यिक ब्यक्तित्वहरुलाई स्मरण गर्दै उनले यसको निरन्तरता दिईरहनुभएका साथिहरुलाई धन्याबाद ज्ञापन गरे  ।
     
    अभिनन्दन पश्चात् कृति लोकार्पणको दोस्रो चरणको कार्यक्रम प्रलेस रुपन्देहीका अध्यक्ष कविराज पौडेलको अध्यक्षता एवं सचिव रामचन्द्र श्रेस्ठको संचालमा अघि बढेको थियो ।

    images
    images
    images

    कवि तुल्सीराम फुल्लेलको कृति 'तिमी नहुँदा'को लोकार्पण बरिष्ठ साहित्यकार दिल साहनी साहित्यकारहरु रत्नलाल भुषाल, दुर्गा अधिकारी, डा ऋषिराम भुषाल, रुद्र ज्ञवाली डा. कपिल लामिछाने, डा. मुरारी पराजुली, मदनलाल पौडेल लगायतले एकमुष्ट लोकार्पण गरेका थिए । भने कृति समीक्षा गर्दै साहित्यकार राजेन्द्र कुमार आचार्यले कवि तुल्सीराम फुल्लेलले निकै मेहनतका साथ हरेक क्षेत्र समेटिएका रचना संग्रह प्रकाशित गरेर नेपाली साहित्यमा महत्वपुर्ण  योगदान पुर्याएको बताएका थिए ।
     
    यसैबिच उक्त समारोहमा अधिबक्ता ज्ञानु केसीले 'सहिदहरुका सपना' शिर्षकको कबिता बाचनले माहोललाई नै मत्रमुग्ध बनाएको थियो। कवितामा सहिदहरुको बलिदानि बेपत्ता योद्धाहरुको लागानी चकनाचुर भएको र उनिहरुले देखेका सपना लथालिङ्ग भएको भावना समेटिएको थियो। यस्तै साहित्यकारहरु डा. कपिल लामिछाने,  दिपक बिस्वकर्मा, पुरुषोत्तम पण्डे, साया किरण, कविराज पौडेल लगायले गहकिला रचना बाचन गरेका थिए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।