Logo

२०८३, आश्विन ९गते


images
images

साताको सेयर बजार– ११४ अंक बढ्यो, १९ अर्बको कारोबार

साताको सेयर बजार– ११४ अंक बढ्यो, १९ अर्बको कारोबार

images
  • साताको सेयर बजार– ११४ अंक बढ्यो, १९ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ११४ अंकको वृद्धि आएको छ । गत साता २०२९ अंकमा बन्द भएको नेप्से १०० भन्दा बढी अंकको सुधार आएसँगै २१४३ अंकमा पुगेर रोकिएको हो । यो नेप्सेमा एक सातामा आएको साढे ५ प्रतिशतको वृद्धि हो ।

    images
    images
    images

    साताभरमा ५ दिन कारोबार भएको नेप्से ४ दिन बढेको थियो । मंगलबार भने सामान्य अंकले घटेको नेप्से त्यसबाहेका दिनमा उच्च अंकको वृद्धि देखिएको थियो । अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ताको मनोबल वृद्धि भएको र सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन् ।नेप्से परिसूचक बढेसँगै यो साता कारोबार रकम पनि बढेको छ । गत सातामा १३ अर्ब ७५ करोड रुपैयाँको सेयर खरिद बिक्री भएकामा यो साता १९ अर्ब रुपैयाँको कारोबार भएको छ । यो गत साताको भन्दा ५ अर्ब २५ करोडले बढी हो । नेप्से सूचक र कारोबार रकम समेत बढेपछि नेप्सेको पूँजीकरण समेत बढेको छ । यो साता नेप्सेको पूँजीकरण ३१ खर्ब नाघेको छ । साताभरमा १ खर्ब ६७ अर्बले बढेसँगै कूल पूँजीकरण ३१ खर्ब पुगेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल स्टक एक्सचेञ्ज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।