Logo

२०८३, आश्विन १०गते


images
images

कांग्रेसको अहङ्कारले नयाँ ध्रुवीकरण बन्यो - अध्यक्ष नेपाल

कांग्रेसको अहङ्कारले नयाँ ध्रुवीकरण बन्यो - अध्यक्ष नेपाल

images
  • कांग्रेसको अहङ्कारले नयाँ ध्रुवीकरण बन्यो - अध्यक्ष नेपाल
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्।

    images
    images
    images

    पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए ।

    images
    images
    images

    उनले संवैधानिक तथा राजकीय पद बाँडफाँटमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्त्व नदिएर सबैमा दाबी गर्ने गैर राजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहङ्कारले नयाँ ध्रुवीकरण भएको विचार व्यक्त गरे ।

    images
    images
    images

    अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

    “सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ”, अध्यक्ष नेपालले भने ।

    पार्टीका जनवर्गीय सङ्गठन, स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट अहिले सरकारमा नजान र सङ्गठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उनको भनाइ थियो । उनले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।