Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

images
  • एमालेका हिक्मत कार्की  प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त
    images
    images

    काठमाडौ । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की  नियुक्त भएका छन । झापा ५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

    images
    images
    images

    प्रदेश नम्बर एकमा प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाको ६ र जसपाको १ जना गरी ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन ।

    images
    images
    images

    एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन गरेका छन ।

    images
    images
    images

    प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब ६० जनाको समर्थनमा कार्कीको दाबी पेश गरिएको थियो ।

    मुख्यमन्त्री कार्कीको सपथ भने भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

    कार्कीले भोलि नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।