Logo

२०८३, आश्विन ११गते


images
images

गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त

images
  • गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त
    images
    images

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् ।

    images
    images
    images

    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

    images
    images
    images

    ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए ।

    images
    images
    images

    केन्द्रले आइतबार बेलुका भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका थिए । 

    एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की १ को प्रदेश सभा १ बाट चुनाव जितेका हुन् ।

    एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए ।

    गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।

    मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका खगराज संघमा स्वास्थ्य मन्त्री र १३ दिने गृहमन्त्रीसमेत भइसकेका नेता हुन् । खगराजलाई मुख्यमन्त्री नियुक्त गर्न ३ वटै दलका सांसद र दीपक मनाङेसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

    मुख्यमन्त्री नियुक्त भएसँगै आजै सपथ खुवाउने गरी तयारी गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । गण्डकी प्रदेश सभामा ५ दल सहभागी छ ।

    एमाले, माओवादी र राप्रपाको सरकार बन्दा २७ सिट जितेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

    गण्डकीमा एकीकृत समाजवादी शून्य थियो तर मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ (दीपक मनाङे) चुनावपछि प्रवेश गरेका थिए ।

    तर, उनले अन्तिममा स्वतन्त्र सांसदको हैसियतमा खगराजलाई समर्थन गरेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खगराज अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।