Logo

२०८३, आश्विन ११गते


images
images

अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति जस्तो हुन्छ : अधिकारी

अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति जस्तो हुन्छ : अधिकारी

images
  • अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति जस्तो हुन्छ : अधिकारी
    images
    images

    राजेश  पराजुली, पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् ।
     
    ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने,साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो ( प्रदेश संरचना ) नै फालौं भनेजस्तो हुन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’,पोखरा उद्योग वाणिज्य संघले सोमबार उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने,‘अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र जिसस ( जिल्ला समन्वय समितिजस्तो हुन्छ ।’ उनले कर्मचारी समायोजनमा अझै समस्या रहेको पनि खुलासा गरे । ‘यहाँ तीन हजार कर्मचारी आएको भनियो तर को कहाँ छन्, थाहा छैन,’,उनले भने । 

    images
    images
    images

     उनले संघ सरकारले सयौं टुक्रे योजनाहरु आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको आरोप पनि लगाए । ‘संघको यस्तो कामले पूँजीगत खर्च बढ्छ ?,’उनले प्रश्न गरे । 

    images
    images
    images

    उनले निजी क्षेत्रसँग मिलेर,पूँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उद्घोष पनि गरे । कालीगण्डकी डाइभर्सनको विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै उनले भने,‘कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठूला नेताले बोलेर हुन्छ ?उत्तरगंगा परियोजना सुनको अण्डा पार्ने प्रोजेक्ट हो, किन हामीलाई गर्न नदिने ? हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।’ उनले संघ सरकारका विभिन्न कानूनी अवरोधका कारण काम गर्न अप्ठेरो परेको पनि सुनाए । जग्गा प्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठेरो परेको उनले प्रष्ट पारे । ‘त्रिवेणीसम्म त हामी आफैं जान पाउनुप¥यो नि,यस्तो अवरोध छ कि, कहिले वातावरणीय मूल्याङ्कन गर्ने,कहिले के भनेर राजमार्ग रोकिएको छ,’उनले भने । उनले प्रदेशको राजश्व बढाउनु आफ्नो पहिलो काम भएको पनि बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थतन्त्र चलायमान बनाउन पूूँजीको लागत कम गर्नुपर्नेमा जोड दिए ।‘पूँजीको लागत कम गर्न घुसखोरी होस् कि, सिण्डिकेट होस् कि चर्को ब्याजदर नै किन नहोस्,त्यो रोकिनुपर्छ,’,उनले भने,‘राज्यले चाहे यी सबै कुरा सल्ट्याउन सक्छ,राज्य मौन बसे अवाञ्छित तत्वले लाभ लिन्छन् ।’ उनले गण्डकी प्रदेशबासीको क्रयशक्ति घटेको र प्रदेशको सामथ्र्य सुदूरपश्चिमभन्दा तल पुग्ने अवस्था आएको बताउँदै लगानी भित्र्याउन वातावरण निर्माण र ठूला परियोजनाको खाका कोर्नुपर्ने बताए । 

    कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्र मैत्री व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्न आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको उल्लेख गर्दैव्यवसायीहरुमाथिको धरपकड अन्त्यको माग गरे ।

    अध्यक्ष प्रजापतिले  पूँजीगत खर्च बढाउन,भौतिक पूर्वाधार निर्माणलाई गति दिन,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  छिटो अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्र स्थापनाको पनि माग गरे । 

    उनले प्रदेश सरकार भएर पनि सानो कामको लागि काठमाडौं जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।‘हामीसँग नजिकको प्रदेश सरकार छ तर उद्योग दर्ता, नवीकरणदेखि, राजश्व बुझाउन पनि काठमाडौं जानुपर्नेै बाध्यता छ,’,उनले भने, हामीले कम्पनी रजिष्टारको कार्यालय पोखरामा हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको धेरै भयो । त्यस्तै सामाजिक सुरक्षा कोषको कार्यालय पनि पोखरामा होस् भन्ने हाम्रो माग छ ।’ उनले सुनचाँदीदेखि साना ढुवानीका समस्याको पनि उठान गरे । 

    त्रिवेणी–कोरला तथा मध्यपहाडी राजमार्गबाट गण्डकीले कसरी फाइदा लिने भन्नेबारेमा सोच्नु्पर्ने बेला आइसकेको पनि उनको भनाइ थियो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनको लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गरे । उनले बिहार र उत्तरप्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान,आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगर, गण्डकी नीति तया योनजा आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलको समेत उपस्थिति रहेको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद र महासचिव बलराज आचार्यको संचालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।