Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह आदर्श बहुमुखी क्याम्पस र युगीन साहित्य समाजबिच सहकार्य हुने

देवदह आदर्श बहुमुखी क्याम्पस र युगीन साहित्य समाजबिच सहकार्य हुने

images
  • देवदह आदर्श बहुमुखी क्याम्पस र युगीन साहित्य समाजबिच सहकार्य हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ मा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पस र देवदहमा क्रियाशील युगीन साहित्य समाज नेपालबिच साहित्यिक तथा विभिन्न पक्षमा सहकार्य गर्नेगरी सम्झौता सम्पन्न भएको छ । मंगलबार क्याम्पसमा एक कार्यक्रम आयोजना गरी दुवै पक्षबीच सम्झौता गरिएको हो । सम्झौतामा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख मित्रलाल न्यौपाने र युगीनको तर्फबाट अध्यक्ष सुशील सापकोटाले हस्ताक्षर गरेका छन्। 

    images
    images
    images

    सम्झौता अनुसार क्याम्पस तथा साहित्य समाजले अगाडि बढाउने विभिन्न कार्यक्रमहरुमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । साथै युगीन साहित्य समाजले क्याम्पसमा विभिन्न समयमा साहित्यिक अभियान, प्रशिक्षण तथा कार्यक्रम गरी साहित्यमा रुची राख्ने विद्यार्थीहरुलाई सहभागी गराई प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्ने सम्झौता भएको छ । ५ वर्षको लागि गरिएको सम्झौता अनुसार युगीन साहित्य समाजले यहि पौष महिनादेखि हरेक महिनाको अन्तिम शनिबार गर्न लागेको युगीन नियमित मासिक शृङ्खलासमेत क्याम्पसकै सभा हलमा सञ्चालन गर्नेछ ।

    images
    images
    images

    यसअघि पनि युगीनले नियमित मासिक रचनाबाचन गर्दै आएकोमा कोरोना महामारी पश्चात उक्त शृङ्खला रोकिएको थियो।

    images
    images
    images

    सम्झौतामा हस्ताक्षर पश्चात बोल्दै क्याम्पस प्रमुख न्यौपाने साहित्य शैक्षिक कार्यक्रमै एक भाग रहेकाले शैक्षिक तथा साहित्यिक गतिविधी अगाडि बढाउन संस्थागत सहकार्य महत्वपूर्ण हुने बताए । परस्परमा सहयोग र सहकार्य गर्दै अगाडि बढ्न सके दुवै संस्थालाई आफ्ना क्रियाकलापहरु अगाडि बढाउन सहज हुने उनको भनाई छ । 

    त्यसैगरी कार्यक्रममा बोल्दै युगीन साहित्य समाज नेपालका अध्यक्ष सुशील सापकोटाले संस्थाले विगत १२ वर्षको अवधिमा साहित्यिक गतिविधीहरु अगाडि बढाउँदै गर्दा देवदह आदर्श बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाहरुसँग विशेष रुपमा सहकार्य गरेको स्मरण गरे। सहकार्यलाइ थप प्रभावकारी बनाउन सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै  सापकोटाले साहित्यमा लाग्न चाहने नयाँ पुस्तालाई मार्गदर्शन प्रदान गर्न र साहित्यिक संस्थालाई क्रियाशील बनाउन शैक्षिक संस्थाहरुसँगको सहकार्य महत्वपूर्ण हुने भनाई व्यक्त गरे ।
      
    क्याम्पसका प्राध्यापकहरु तथा साहित्य समाजका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रम युगीनका उपाध्यक्ष गणेश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।