Logo

२०८३, आश्विन ११गते


images
images

आर्थिक अवस्था सुधार गरेर प्रदेशलाई बलियो बनाउने मुख्यमन्त्री गिरीको प्रतिवद्धता

आर्थिक अवस्था सुधार गरेर प्रदेशलाई बलियो बनाउने मुख्यमन्त्री गिरीको प्रतिवद्धता

images
  • आर्थिक अवस्था सुधार गरेर  प्रदेशलाई बलियो बनाउने मुख्यमन्त्री गिरीको प्रतिवद्धता
    images
    images

    दाङ ।  लुम्बिनी प्रदेशका नवननियुक्त मुख्यमन्त्री लिला गिरीले अर्थ व्यवस्था सुधार गर्ने कुरामा आफ्नो मुख्य ध्यान रहने बताएका छन् । बिहीबार पद तथा गोपनियताको सपथग्रहण गरेपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री गिरीले सबैको साथ लिएर प्रदेशको आर्थिक अवस्था सुधार गर्नेतर्फ अगाडि बढ्ने बताए ।

    images
    images
    images

    कृषि, पर्यटन, उद्योगधन्दा र प्राकृतिक सम्पदाबाट लुम्बिनी प्रदेशलाई आर्थिक रुपले बलियो बनाउन सकिने संभावना रहेको र यसका लागि चुनौती पनि रहेको भन्दै मुख्यमन्त्री गिरीले सबै नागरिकको साथबाट चुनौतीको सामना गर्ने पनि बताए ।

    images
    images
    images

    अहिले संघीयता र राजनीतिक परिपाटीका विरुद्ध कुराहरु उठिरहेको भन्दै राजनीतिलाई ठिक ठाउँमा राख्ने र प्रदेशलाई बलियो बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

    images
    images
    images

    सपथग्रहणपछि तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका गिरीले आजै मन्त्रिपरिषदको पहिलो बैठक राख्ने तयारी गरेका छन् ।

    आज मुख्यमन्त्री गिरीसँगै नवनियुक्त मन्त्रीद्वय कृष्णा केसी र चेतनारायण आचार्यले पनि पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लिला गिरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।