Logo

२०८३, आश्विन ९गते


images
images

देवदह नगर अस्पतालमा 'एन्टि रेबिज भ्याक्सिन सेवा सुरु, बुटवल र परासी पुग्नुपर्ने बाध्यता हट्यो

देवदह नगर अस्पतालमा 'एन्टि रेबिज भ्याक्सिन सेवा सुरु, बुटवल र परासी पुग्नुपर्ने बाध्यता हट्यो

images
  • देवदह नगर अस्पतालमा 'एन्टि रेबिज भ्याक्सिन सेवा सुरु,  बुटवल र परासी पुग्नुपर्ने बाध्यता हट्यो
    images
    images

    निश्चल अर्याल, देवदह । देवदह नगर अस्पतालमा 'एन्टि रेबिज भ्याक्सिन सेवा सुरु भएको छ। स्वास्थ सेवा बिभाग टेकुबाट स्वीकृति प्राप्त भए पश्चात् १२० डोज भ्याक्सिन माहाशाखाबाट  ल्याएर बिहिबारबाट सेवा सुरू गरिएसंगै एन्टि रेबिज भ्याक्सिनको लागि बुटवल र परासी पुग्नुपर्ने बाध्यता हटेको छ। 

    images
    images
    images

    एन्टि रेबिज भ्याक्सिन सेवा शुभाराम्भ तथा अभिमुखिकरण ब्यानरमा आयोजित उक्त कार्यक्रममा बोल्दै  देवदह नगरपालिकाका नगर प्रमुख एवम देवदह नगर अस्पतालका अध्यक्ष धुर्व प्रसाद खरेलले देवदह नगर अस्पताल सन्चालन गरेपछि पहिको पटक यो सेवा सुरु गर्न सफल भएकोमा खुसी  व्यक्त गरे । रेबिज खतरनाक रोग भएको हुँदा स्थानीय मानिसहरु उपचारको क्रममा भौतारिदै कहिले बुटवल त कहिले परासी जानुपर्ने दिनको अब अन्त्य भएको उल्लेख गर्दै प्रमुख खरेलले अबको १ महिनाभित्र नगर अस्पतालबाट स्वास्थ बिमा सुरु गर्ने जानकारी दिए। 

    images
    images
    images

    नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङले नगर अस्पतालमा एन्टि रेबिज भ्याक्सिन सेवा दिने देवदह नगरपालिका पहिलो नगरपालि भएको दावी गरिन । पहिलो दिनमै २ जना बिरामीलाई भ्याक्सिन लगाएर सेवा दिन  पाउँदा निकै खुशी लागेको बताइन। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले देवदहमा उक्त सेवा ल्याउदा निकै खुशी लागेको बताउंदै अब यहाँका स्थानीयहरू रेबिजको खोप लगाउन अरु ठाउँमा भौतारिन नपर्ने उल्लेख गरे। 

    उद्घाटन सत्रको समापन भए लगत्तै दोश्रो चरणको कार्यक्रम सुरु भएको थियो । दोश्रो कार्यक्रममा "कुकुर तथा जंगली जनावरबाट बच्नको लागि अभिमुखिकरण कार्यक्रम" रहेको थियो जसमा डा प्रकाश भट्टराईद्वारा रेबिज कसरी लाग्छ,  रेबिज लागे के हुन्छ,  रेबिज लागेका मान्छे किन डराउछन,  रेबिज लागेको भन्ने कसरी थाहा पाउने कुरा जानकारी गराएका थिए। 

    कार्यक्रममा विभिन्न वार्डका स्वास्थ स्वमसेविकाको उपस्थित रहेको  थियो। कार्यक्रमको कार्यक्रम संचालन डिल्लेश्वर श्रेष्ठले गरेका थिए । ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।