Logo

२०८३, श्रावण ३०गते


images
images

घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्ने 

घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्ने 

images
  • घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्ने 
    images
    images

    काठमाडौ । पूर्वमन्त्री तथा वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। शुक्रबार (भोलि) दिउँसो एक कार्यक्रमबीच उनी एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ।

    images
    images
    images

    एमालेका पूर्वउपमहासचिव भुसाल प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी पछिल्लो समय कुनै पनि पार्टीमा आबद्ध छैनन्। भुसाललाई एकीकृत समाजवादीले पार्टीमा स्वागतपत्र पठाइसकेको छ। एकीकृत समाजवादीका महासचिव एवं वाम एकता वार्ता समितिका संयोजक डा. बेदुराम भुसालले सैद्धान्तिक र वैचारिक सवाल सम्बोधन हुने गरी पत्र पठाएका हुन्।

    images
    images
    images

    ‘तपाईंले प्रस्तुत गर्नुभएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन्। पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नुभएका धारणा उक्त प्रतिबद्धताअनुरूप नै छन्। त्यसैले, तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ,’ पत्रमा भनिएको छ।

    images
    images
    images

    यसअघि भुसालले सैद्धान्तिक र वैचारिक विषय उल्लेख गरेर एकीकृत समाजवादीको वार्ता समितिलाई पत्र पठाएका थिए। पत्रमा भनिएको थियो, ‘एमाले र माओवादीको एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसद्को विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि एमाले र माओवादी दुवै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के। तर, एकीकृत समाजवादी सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा अहिले पनि नेकपाकै बिन्दुमा रहेको छ र कुनै दिन नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले एकीकृत समाजवादीमा कायम रहेको सैद्धान्तिक बिन्दुमा नफर्कीकन सुखै छैन।’

    एमालेको नवौँ महाधिवेशनको निर्णयप्रति एकीकृत समाजवादी अहिले पनि प्रतिबद्ध रहेको र नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै रहेको समाजवादीको ठम्याइ छ। ‘यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अँगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरूलाई समेत समाजवादी कार्यदिशा अँगालेको यही नेकपा (एकीकृत समाजवादी)मा एकताबद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौँ भन्ने पनि अनुरोध छ,’ समाजवादीको पत्रमा भनिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।