Logo

२०८३, आश्विन ११गते


images
images

कोरोना महामारी

रुपन्देहीको निषेधाज्ञा जेठ मसान्तसम्म कायम रहने

रुपन्देहीको निषेधाज्ञा जेठ मसान्तसम्म कायम रहने

images
  • रुपन्देहीको निषेधाज्ञा जेठ मसान्तसम्म कायम रहने
    images
    images

    रुपन्देही । जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्तसम्मको लागि थप गरिएको छ । कोरोना महामारीको चेनब्रेकका लागि गत बैशाख १६ गतेबाट सुरु गरिएको निषेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको हो ।

    images
    images
    images

     बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका जनाएको छन् ।  बैठकले वर्षायाममा पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी गर्न समस्या हल गर्न व्यवसायी तथा सुरक्षाकर्मीको समन्वयमा स्वास्थ्य मापदण्ड अपनाई रातको समयमा ढुवानी गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ । 

    images
    images
    images

    यस अघि जस्तै जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाईएको छ ।

    images
    images
    images

    त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाईएको छ ।

    यस अवधिमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा सन्चालनमा रहनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।