रुद्रहरी कुँवर, बुटवल । लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम घर्तीमगर नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र)बाट बिद भएका छन् । सभामुखमा निर्बिरोध निर्वाचित घर्तीमगरले मंगलबार पार्टीको लुम्बिनी प्रदेश समिति र माओवादी केन्द्र संसदिय दललाई धन्यवाद दिंदै पार्टीको भुमिकाबाट बिदा भएका हुन् ।
"तपाईहरुको सहयोगले फरक भुमिकामा पुगेको छु सोही अनुसार जिम्मेवारी निभाउने प्रतिबद्धता व्यक्त गर्दछु" माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट विदा हुँदै उनले भने - " मलाई सभामुख पदको उम्मेदवारमा सिफारिस गर्ने पार्टी र संसदिय दलप्रति आभारि छु ।"
सभामुख घर्ती मगरलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीका अध्यक्ष सुदर्शन बराल, संसदिय दलका नेता जोख बहादुर महरा, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचीव कृष्ण अधिकारि, कोषअध्यक्ष निर्दोष अलि लगायतका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए।
घर्तीमगर ०७४ को निर्वाचनमा समेत प्रदेश सभा सदस्यमा बिजयी भएका थिए । यस अघि उनी माओवादी केन्द्र संसदिय दलको प्रमुख सचेतकको जिम्मेवारीमा थिए ।
उनी पाल्पाबाट प्रदेशसभा सदस्य पदमा बिजयी भएका हुन्।
सभामुख घर्तीमगरले आज दिउँसो १ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ। उनीसंगै उपसभामुखमा निर्विरोध निर्वाचित मेनुका खाणले पनि आजै पद तथा गोपनियताको सपथ लिनेछिन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology