परासी । कोभिड-१९ नियन्त्रण र व्यवस्थापनको विषयमा हामीले सरोकारवालाहरुसंग निरन्तर संवाद गर्दै आईरहेका छौँ । स्थानीय सरकार, समाजमा क्रियाशिल राजनीतिक दल, सामाजिक संघ-संस्थाहरु र आमनागरिकसंग निरन्तर संवाद गर्दै जनताको गुनासो सम्बन्धित पक्षसम्म पुर्याउने र उनीहरुको ध्यानाकर्षण गराउने हाम्रो अभियान जारी छ ।
यसैक्रममा रामग्राम नगरपालिकामा कोभिडको अवस्था, नगरपालिकाले यसको नियन्त्रणका लागि गरेका पहल, रामग्रामवासीको जनगुनासो, राहत वितरण र कोभिड पश्चातका तयारीबारे रामग्राम नगरपालिकाका नगर नरेन्द्र कुमार गुप्तासंग हामीले कुराकानी गरेका छौँ ।
हामीसंग संवाद गर्दै नगरप्रमुख गुप्ताले नगरवासीको जीवन रक्षाकालागी कुनैपनि कसर बाँकी नराखिएको बताए । आवश्यक सम्पुर्ण स्रोत र साधन कोभिड नियन्त्रणमा लगाईएको नगर प्रमुखको भनाई छ ।
चौविसै घण्टा निशुल्क एम्बुलेन्स र चिकित्सक सहितको मेडिकल टिम नगरवासीको सेवामा तयार राखिएको बताउँदै प्रमुख गुप्ताले गाउँगाउँमा एन्टिजेन परिक्षण गरिएको बताए ।
राहत वितरणबारे बोल्दै प्रमुख गुप्ताले निषेधाज्ञा बढ्दै गएको खण्डमा राहत वितरणको काम पनि सुरु गरिने जानकारी दिए ।
प्रस्तुत छ, रामग्राम नगरप्रमुख नरेन्द्रकुमार गुप्तासंग सेतोमसी सहकर्मी राहुल सापकोटाले गर्नुभएको सेतोमसी संवादको सम्पादित अंश (भिडियो) - सम्पादक
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology