Logo

२०८३, आश्विन ९गते


images
images

देवदह नगर अस्पतालबाटै स्वास्थ्य वीमाको उपचार सेवा पाइने, बुटवल पुग्नुपर्ने समस्या हट्यो

देवदह नगर अस्पतालबाटै स्वास्थ्य वीमाको उपचार सेवा पाइने, बुटवल पुग्नुपर्ने समस्या हट्यो

images
  • देवदह नगर अस्पतालबाटै स्वास्थ्य वीमाको उपचार सेवा पाइने, बुटवल पुग्नुपर्ने समस्या हट्यो
    फाईल फोटो
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकाद्वारा संचालित  देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भएको छ । शुक्रबार भएको सम्झौता अनुसार देवदह नगर अस्पतालले स्वास्थ्य वीमा गरेका नगरवासीलाई वीमा वापत पाइने औषधी र उपचार निःशुल्क उपलब्ध गराउनुका साथै रिफर सेन्टरको रूपमा समेत नगर अस्पतालले काम गर्नेछ। 

    images
    images
    images

    यसअघि वीमाबोर्डबाट अस्पतालको अनुगमन भएपछि नगर प्रमुख ध्रुवप्रसाद खरेल सहितको टोली काठमाडौंस्थित वीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य वीमा सेवा प्रदान सम्बन्धी सम्झौता गरेको नगर प्रवक्ता गणेश डुम्रे बताए ।

    images
    images
    images

    साविकको देवदह स्वास्थ्य चौकीलाई विस्तार गरि गत असोज १० गते दश शैयाको नगर अस्पताल सञ्चालनमा ल्याइएयता असपतालले सेवा दिदै आएको छ। 

    images
    images
    images

    सम्झौता भएपछि अब बोर्डले अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रमका विषयमा जानकारी गराउने, कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्तिलाई बीमा व्यवस्थापन सूचना प्रणाली, दावी भुक्तानी तथा उपचार खर्च दररेटका बारेमा जानकारी गराउने र  फागुन १ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा आउने नगर प्रमुख खरेलले जानकारी दिएका छन्  ।

    वीमा कार्यक्रम लागु भएपछि नगरवासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरिका औषधि निःशुल्क पाउने छन् भने अस्पताल उपलब्ध नभएका सेवा समेत अस्पतालको रिफरमा अन्य अस्पतालबाट निशुल्क पाउने छन्  ।

    यसअघि स्वास्थ्य वीमा वापत पाउने सेवा पाउनका लागि विरामीहरू लुम्बिनी प्रादेशिक अस्पताल जानुपर्ने र त्यहाँ रहेको विरामीको अत्यधिक चापले सेवा लिन नसक्ने अवस्था रहेकोमा अव त्यो समस्या हटेको छ। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।