Logo

२०८३, श्रावण ३१गते


images
images

भुकम्पको हल्ला फैलाईएपछि रातभर आगो बालेर बाहिरै बसे हुम्लाबासी

भुकम्पको हल्ला फैलाईएपछि रातभर आगो बालेर बाहिरै बसे हुम्लाबासी

images
  • भुकम्पको हल्ला फैलाईएपछि रातभर आगो बालेर बाहिरै बसे हुम्लाबासी
    images
    images

    रमेश बहादुर सिंह,  हुम्ला   ।  हुम्ला जिल्ला सहित कर्णालीका मुगु लगाएतका जिल्लामा भुकम्प जाने हल्ला फैलाइएको छ । हल्लाको  पछि लाग्दा स्थानियवासी आइतबार राती १ वजे देखि जागराम वसेका छन् । माघ महिनाको हिमपातको चिसोमा मानिसहरु रोड तथा खाली जग्गामा आगो बाली वसेका छन् । 

    images
    images
    images

    प्राकृतिक विपतको अनुमान गर्न नसकिने भएकाले यो झुठ्ठा अफवाको पछि नलाग्न स्थानिय प्रशासनले आग्रह गरेको छ । यो झुठ्ठा अफवा भएकाले मानिसहरु आतङकित नहुन प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी गराएका छन् ।

    images
    images
    images

    हुम्ला जिल्लाका ७ वटै गाउँ पालिकाका स्थानिय वासी भुकम्पको डरले राती १ वजेबाट घरबाहिर चीसोमा बसीरहेको र हुम्ला जिल्लाकै कुनै धामीले झुठ्ठा अफवा फैलाएकाले उक्त अफवा फैलाउने धामीको खोजी भइ रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । धामीको खोजी गरी झुठ्ठा अफवा फैलाएकोमा कानूनी कार्वाहीको प्रक्रिया अगाडी वढाउने हुम्ला प्रशासनले जनाएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।