काठमाडौं । जापनिज अटो निर्माता निशानले आज इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । यो नयाँ कारको कन्सेप्टलाई निशानले यसअघि सार्वजनिक भइसकेको म्याक्स आउटको डिजाइनमा आधारित भएर निर्माण गर्न लागेको हो । म्याक्स आउटलाई उसले २०२१ को डिसेम्वरमा सार्वजनिक गरेको थियो ।
नयाँ कन्सेप्टका वारेमा विस्तृत जानकारी वाहिर नआएपनि यसमा सोलिड स्टेट व्याट्री टेक्नोलोजी प्रयोग हुन सक्ने आँकलन गरिएको छ । यो कन्सेप्ट कारको इन्टेरियर म्याक्स आउटको जस्तै हुने र एक्सटेरियरमा भने केही फेरवदल हुन सक्ने जनाइएको छ । यसको प्यासेन्जर सिटलाई पूरै फोल्ड गर्न मिल्ने गरी तयार गर्न लागिएको छ ।
इलेक्ट्रिक कारको विकासमा आक्रमक लगानी गर्ने घोषणा गरेको निशानले हालसम्म यसका लागी ७.८ विलियन पाउन्ड खर्च गरिसकेको छ भने आगामी ५ वर्ष भित्र १५.६ विलियन पाउन्ड लगानी थप गर्ने योजना वनाएको छ । निशानको हाल लिफ र आरिया मोडलका इलेक्ट्रिक कार उपलब्ध छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology