Logo

२०८३, आश्विन ९गते


images
images

दिदी समूहद्वारा बहिनी समूहलाई बाख्रा उपहार 

दिदी समूहद्वारा बहिनी समूहलाई बाख्रा उपहार 

images
  • दिदी समूहद्वारा बहिनी समूहलाई बाख्रा उपहार 
    images
    images

    गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा दिदी  समुहद्वारा बहिनी समुहलाई बाख्रा उपहार प्रदान गरिएको छ । गाउँपालिकाको वडा न. ६ रिमुवामा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न गरिएको हो। 

    images
    images
    images

    शनिबार एक कार्यकरन बीच गाउँपालिकाको वडा न.६ मा गठित भयर भञ्ज्याङ् महिला स्वावलम्वी समूह तथा शिवालय महिला स्वावलम्वी समूहले उपहार समुहलाई बाख्रा उपहार दिएको हो।  बाख्रा उपहार कार्यक्रम रुरुक्षेत्र गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल तथा सामाजिक श्रोत विकास केन्द्रको सहयोगमा   कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत सम्पन्न गरिएको जनाईएको छ ।

    images
    images
    images

    गठित २ मुल महिला समुहले उपहार  महिला समुहका १५ जना सदस्यहरुलाई १÷१ वटा बाख्रा वितरण गरेको हो। बाख्रासँगै बाख्राको लागि घाँसको बीउ र जुकाको औँषधी पनि  वितरण गरिएको छ  । 

    images
    images
    images

    एक वर्ष अघि हेफरको कार्यक्रम अन्तर्गत गठित मुल समुहलाई बाख्रा उपहार दिइएको थियो, एक वर्षमै मुल समुहले उपहार समुहलाई बाख्रा उपहार दिन सफल भएको हो।

    मुल महिला समुहका अध्यक्ष भिम कुमारी रेगामीको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।