Logo

२०८३, श्रावण २७गते


images
images

मालिकामा निशुल्क आखाँ शिविर सोह्र सय बढि नागरिकको आखाँ परिक्षण 

मालिकामा निशुल्क आखाँ शिविर सोह्र सय बढि नागरिकको आखाँ परिक्षण 

images
  • मालिकामा निशुल्क आखाँ शिविर सोह्र सय बढि नागरिकको आखाँ परिक्षण 
    images
    images

    सुमन महतारा,गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा निशुल्क आखाँ शिविरबाट गाउँपालिका भित्रका साेर्ह  सय बढि नागरिकको आखाँको चेकजाँच गरिएको छ । गाउँपालिकाले निशुल्क रुपमा आखाँ शिविर सञ्चालन गरेको हो । शिविरलाई नेपाल नेत्रज्योति संघ आखाँ उपचार केन्द्र गुल्मीले प्राविधिक रुपमा सहयोग गरेको हो । 

    images
    images
    images


    गाउँपालिकाले गाउँपालिका भित्र रहेका ८ ओटै  वडामा पुगेर आखाँको चेकजाँच गरेको हो । चेकजाँच पछि ११२ जनालाई मतियाबिन्दु  भएकाे पत्ता लागेको शिविरमा खोटिएका डा. सचिन पुनले बताए । वडामा पुगेर चेकजाँचमा ११२ जनामा मोतियाबिन्दु रहेको र अपरेसन गनुपर्ने भएपनि जम्मा ६१ जनाको मात्र अपरेसन गरिएको उनै डा पुनले बताए । 

    images
    images
    images

    टोल टोलमै पुगेर गाडिको सुविधा हुदाँ पनि अन्य नागरिक मोतियाबिन्दुको अपरेसनका  लागि अरर्खावाङ नआएको मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बशन्त भुषालले बताए । उनले शिविरमा २५० जनालाई निशुल्क चस्मा बितरण गरिएको र आखाँको अपरेसन गरिएका ६१ जनालाई निशुल्क औषधि उपलब्ध गराइएको जानकारि दिएका छन । 

    images
    images
    images

     

    गाउँपालिकाले निशुल्क रुपमा आखाँको अपरेसन गरेको प्रति मालिका ७ घमिरका ८० वर्षिय प्रेम नेपालि हर्षित देखिन्थे । पैसा नहुदा आखा देख्न नपाएको र गाउँपालिकाले भगवान बनेर तम्घास लिएर उपचार गरेको प्रति खुसि बने । त्यस्तै ७५ बर्षिय तुल्सा विकले पनि गाउँपालिकाले गरेको कामप्रति खुसि बनिन । उनले भनिन “मान्छे र बाटो पनि चिन्न नसक्ने म अहिले सबै देख्ने भए ” गाउँपालिकाको जय होस ।


    गाउँपालिका उपाध्याक्ष उपेन्द्र अर्यालले आफुहरुले बार्षिक निति तथा कार्याक्रम बमोजिम आखाँ शिविर सञचालन गरिएको र यस शिविरमा सहयोग गर्ने सम्पुर्णलाई धन्यावाद  दिएका छन । 


    आखाँ शिविर सञ्चालन गरिरहदाँ प्राविधिक समस्या देखिए पछि गाउँपालिकाले गाडिको व्यावस्थपन गरेर १९ जनाको तम्घासमा लिएर अपरेसन गरिएका हो । कार्यक्रममा नेपाल नेत्र ज्याेति संघ गुल्मीका अध्यक्ष सेर बहादुर थापा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत नरेश गिरि मालिका १,२,६ का वडा अध्यक्ष लगाएतकाे उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निशुल्क आखाँ शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।