देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा आखाँ शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ देवदहको आयोजनामा बिहिबार सम्पन्न आखाँ शिविरमा एक सय २५ जनाले निशुल्क सेवा लिएका छन् ।
वडा नं ८ को व्यवस्थापनमा सम्पन्न आखाँ शिविरमा ७० जना महिला र ५५ जना पुरुष गरि जम्मा १ सय २५ जनाको आँखा परिक्षण गरिएको क्लबका अध्यक्ष मनबहादुर क्षेत्रीले जानकारी दिए । जसमा ४ जनालाई मोतियाबिन्दुको समस्या देखिएको क्लबले जनाएको छ ।
मोतियाबिन्दुको समस्या देखिएका बिरामीहरुलाई देवदहको बैकुण्ठनगरमा अवस्थीत लायन्स आँखा अस्पताल मार्फत निशुल्क शल्यक्रिया गरिने पूर्व अध्यक्ष बिष्णु ज्ञवालीले जानकारी दिए । शिविरमा प्राविधिकहरु ओमप्रकाश रहर र सुनिल गुप्ताले आँखा परिक्षण गरेका थिए ।
यसैबीच शिविर संचालन अघि आयोजित औपचारिक समारोहमा बोल्दै बक्ताहरुले स्वास्थ्य र शिक्षा नागरिकको प्रत्यक्ष पहुँचमा रहनुपर्ने बताएका छन् । स्वस्थ मानिसले उचित शिक्षा हासिल गर्न सकेको खण्डमा उसले देशको लागि केहि गर्न सक्ने भएकाले राज्यले समेत स्वास्थ्य र शिक्षामा प्रयाप्त लगानि गर्न आवश्यक रहेको उनिहरुले बताए ।
कार्यक्रममा बोल्दै वडा नंम्बर ८ का अध्यक्ष हरि पाण्डेले सामाजिक संघसंस्था र क्लबहरुले समेत स्वास्थ्य अनि शिक्षाको क्षेत्रमा काम गरिरहेकाले राज्य थप जिम्मेवार बन्नुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology