Logo

२०८३, श्रावण ३०गते


images
images

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः घनश्याम भुसाल

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः घनश्याम भुसाल

images
  • लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः घनश्याम भुसाल
    images
    images

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन् । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गरेका हुन् । उनले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताए ।

    images
    images
    images

    उनले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताए । उनले देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गएसँगै त्यसले देशले प्रगतिको पथ लिन नसक्ने बताए । 

    images
    images
    images

    उनले भने, ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ । पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन् । त्यस्तो समाज, व्यवस्था, राजनीति, अर्थतन्त्र निर्माण गर्ने कुरामा एक्लै हुनुहुन्न । यो कार्यमा तपाईहरु एक्लै हुनुहुन्न । धेरै मान्छे तपाईहरुसँग छन् । जुन समानता, सुशासनको कुरा गर्नुभएको छ, विधिको शासनको कुरा गर्नुभएको छ, त्यो विचौलिया पुँजीवाद भन्नुस् । अहिले भइरहेको वैभव संग्लिँदै माथि जान्छ, यस्ता पुँजीपतिकोमा जान्छ, जसले उद्यम गर्दैनन्, रोजगारी सिर्जना गर्दैनन् । तिनीहरुको गठजोडमा भागेदारी गरेर राजनीतिक नेताहरु राज्यन्त्रमा बसेकाहरुले आफ्नो सम्पती थुपार्छन्, यो गठजोडका बारेमा नबोल्ने राजनीतिले कुनै प्रगतिशील राजनीति हुन्छ भन्ने मलाई लाग्दैन ।’
    नेता भुसालले जुन मुलुकको अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरुले नेतृत्व त्यसमा देशले सफलता नपाउने दाबी गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।