Logo

२०८३, श्रावण ३०गते


images
images

दर्शक तान्दै देवदह महोत्सव

दर्शक तान्दै देवदह महोत्सव

images
  • दर्शक तान्दै देवदह महोत्सव
    images
    images

    देवदह । देवदह नगरपालिकास्थित देवदह मण्डपमा संचालित सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सवले उद्घाटनपछिको पहिलो दिनमै दर्शक तानेको छ । महोत्सवको दोस्रो दिन चार हजार दर्शकले मेला अवलोकन गरेको आयोजकले जनाएको छ ।

    images
    images
    images

    शुक्रबार महोत्सवमा राष्ट्रिय लोकगायक विक्रमबाबु विश्वकर्मा, लोकगायिका आरती रुचाल, हास्य कलाकार लक्ष्मण पाण्डे र यमन व्याण्डको प्रस्तुति रहेको थियो । 

    images
    images
    images

    शनिबार चर्चित लोकगायक अर्जुन सापकोटा, आधुनिक गायक र लोक गायिका सीता रानाको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक प्रशान्त गैरेले जानकारी दिए ।

    images
    images
    images

    उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ । देवदहमा २०७१ साल देखि नियमित रुपमा महोत्सव लाग्दै आएको छ । यो सातौं संस्करण हो । महोत्सवको बिहिवार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरेका थिए ।

    'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा दैनिक गोष्ठी तथा सेमिनार सञ्चालन गरिनेछ। 

    महोत्सवमा उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचान गरि २ सय वटा स्टल रहेका छन् ।

    अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।