बुटवल । नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाकाे ११९ औं मासिक नियमित रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष कृष्ण चाैहान क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य ढकालले रगत व्यवस्थापनकाे विषयमा स्वयंसेवी रक्तदाताहरुकाे भुमिका महत्त्वपूर्ण भएको बताइन। रगत तथा रक्ततत्त्व सर्वशुलभ र नि:शुल्क बनाउन तथा प्रविधिमा रगत व्यवस्थापन जोड्नुपर्ने उनको भनाई थियो।
कार्यक्रममा स्टार्ट १८ स्टार्टस टिम रुपन्देही, राेट्रयाक्ट क्लब तिलाेत्तमाको समेत सहभागीता रहेकाे थियाे। कार्यक्रमलाई अङ्कुर इन्फोटेकले प्रायाेजन गरेकाे थियाे।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा सदस्य युवराज बन्जाडेकाे संयाेजनमा भएकाे कार्यक्रम,महासचिव उदय राज भट्टराईले सञ्चालन रहेको थियो । कार्यक्रममा ३७ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology