Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा भोलि ज्योति मगर र थानेश्वर गौतमको प्रस्तुति रहने

देवदह महोत्सवमा भोलि ज्योति मगर र थानेश्वर गौतमको प्रस्तुति रहने

images
  • देवदह महोत्सवमा भोलि ज्योति मगर र थानेश्वर गौतमको प्रस्तुति रहने
    images
    images

    देवदह ।  सातौं देवदह महोत्सवको सातौं दिन फाल्गुन ३ गते चर्चित लोक गायिका ज्योति मगर र आधुनिक गायक थानेश्वर गौतमको प्रस्तुति रहने छ । महोत्सवका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले बुधबार लोक गायिका ज्योति मगरसंगै आधुनिक गायक थानेश्वर गौतम र शिलु भट्टराईको प्रस्तुति रहने जानकारी दिए । 

    images
    images
    images

    मेलाको छैठौं दिन मंगलबार आधुनिक गायक कमल खत्री, आधुनिक गायिका सिर्जना खत्री, हास्य कलाकार दीपक थापा, प्रदर्शनी आइडल २०७५ का विजेता रविन सुनारसंगै स्थानीय कलाकारले प्रस्तुति दिएका थिए । भ्यालेन्टाइन डे विशेष कार्यक्रम समेत संचालन भएको महोत्सव मंगलबार मात्रै  १० हजार बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ। 

    images
    images
    images

    महोत्सवमा प्रदर्शनी आइडल, डासिंङ्ग स्टार, वक्तृत्वकला, विज्ञान प्रदर्शनी, भलिबल प्रतियोगिता, पर्यटन गोष्ठी लगायतका कार्यक्रम दैनिक संचालन भएका छन् भने घोड सवार, बालउद्यानसंगै मगर, गुरुङ, नेवार लगायतका समुदायको सांस्कृतिक खाजाघर लगायत १५० स्टलमा स्थानिय तथा स्वदेशी उत्पादनको प्रदर्शनी र विक्री वितरण हुँदै आएको छ।  

    images
    images
    images

    लुम्बिनी प्रदेशका पर्यटकीय गन्तब्यको फोटो प्रदर्शनी, लुम्बिनी विकासकोषको फोटो प्रदर्शनी संगै देवदहको प्रस्तरकला, काष्ठकला, सातपत्रे सिमसार लगायतका पर्यटकीय स्थलको फोटो प्रदर्शनी समेत देख्न सकिन्छ।     

    साथै निशुल्क सुगर र प्रेसर जांच लगायतका स्वास्थ्य शिविर पनि महोत्सवमा व्यवस्था गरिएको छ। 

    "स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ ।

    अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सातौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।