Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह मेलामा भोलि बद्रि पंगेनी र जीवन शर्मा आउने 

देवदह मेलामा भोलि बद्रि पंगेनी र जीवन शर्मा आउने 

images
  • देवदह मेलामा भोलि बद्रि पंगेनी र जीवन शर्मा आउने 
    images
    images

     रुपन्देही। सातौं देवदह महोत्सवमा प्रस्तुति दिन भोलि आइतबार लोकगायक बद्री पंगेनी र जनगायक जीवन शर्मा आउने भएका छ्न् । महोत्सवका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले फागुन ७ गते आइतबार लोक गायक पंगेनीसंगै लोक लायिका मन्जु पौडेल र जनवादी गायक जीवन शर्माको प्रस्तुति रहने जानकारी दिए । 

    images
    images
    images

    फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् । 

    images
    images
    images

    १५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन्। 

    images
    images
    images

    यता महोत्सवमा अवलोकन गर्ने दर्शकहरु पनि बढ्न थालेका छन् । सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको आयोजकले जानकारी दिएको छ ।

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सातौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।