Logo

२०८३, आश्विन ९गते


images
images

सफ्टेड ग्रुपले ५ वर्षमा एक हजारलाई रोजगारी दिने

सफ्टेड ग्रुपले ५ वर्षमा एक हजारलाई रोजगारी दिने

images
  • सफ्टेड ग्रुपले ५ वर्षमा एक हजारलाई रोजगारी दिने
    images
    images

    काठमाडौं । आइटी शिक्षा तथा आइटी व्यवसायमा काम गर्दै आइरहेको सफ्टेड ग्रुप (सफ्टवेरिका ग्रुप) ले अबको ५ वर्षमा एक हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान दिने बताएको छ । ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले ग्रुपले रोजगारी बृद्धिको योजना अगाडि सारेको बताए ।

    images
    images
    images

    ग्रुप अन्तर्गत अहिले ३ सय जनाले रोजगारी प्राप्त गरेका छन् । करिब २५ वर्ष अगाडि सफ्टवेयर कलेज स्थापना गरी शिक्षा क्षेत्रमा काम गर्दैै आएको उक्त समूहले ग्रुप अन्तर्गत लगानी विस्तार गर्दै गइरहेको छ । उनले ग्रुप अन्तर्गत अहिले १२ वटा विभिन्न कम्पनी स्थापना भएको बताए ।                                                                  

    images
    images
    images

    नेपालमा आइटी एजुकेसन र आइटी सोलुसनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको श्रेष्ठको भनाइ छ । ‘अब त १२ लाख कमाउन विदेश धाउनै पर्दैन,’ उनी भन्छन्, ‘नेपालमै अथाहा अवसरहरू छन् ।’ सम्भावनाहरुको खोजी गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।   बर्तमान समय ‘भर्चुअल वर्ल्ड भर्चुअल जब’को जमाना रहेको र संसारभरको आइटीको काम नेपालमा आफ्नै घरमा बसेर गर्न सकिने श्रेष्ठ बताउँछन् । ‘संसार नै एउटा देशजस्तो हुँदैछ,’ उनले भने ।

    images
    images
    images

    ३ वर्षसम्म कोभिडले थकाउन र गलाउन खोजेपनि संघर्ष गर्ने बानीले आफूहरुले कहिल्यै हरेश नभइ काम गरेको श्रेष्ठको अनुभव छ । ‘कोभिडले थकाउन र गलाउन धेरै नै खोज्यो तर संघर्ष गर्ने बानी भएर होला हरेस खाइएन । नेपालमा केही अवसर छैन भन्नेहरू धेरै होलान् तर म त अझ धेरै अवसर देख्छु । नेपालमै, केवल असल मित्रको साथ र विश्वास अनि टिम वर्क मिलाउनुपर्छ, बेस्सरी मिहिनेतले काम गर्नुपर्छ जबसम्म सफल हुँदैन,’ उनले भने                                                                                              

    सफ्टेड ग्रुप अन्तर्गत सफ्टवेरिका कलेज, युनिक्याम्पस ग्लोबल, सनवे इन्टरनेशनल बिजनेस स्कुल, डिजी स्कुल, युके कलेज, डिजी टेक्नोलोजी लगायत कम्पनी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सफ्टेड ग्रुप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।