Logo

२०८३, कार्तिक २५गते


images
images

ओलीसँग छलफल गर्न प्रचण्ड बालकोटमा

ओलीसँग छलफल गर्न प्रचण्ड बालकोटमा

images
  • ओलीसँग छलफल गर्न प्रचण्ड बालकोटमा
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओली निवास बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रचण्ड ओली निवास पुगेका हुन् । अहिले दुई नेताबीच छलफल जारी रहेको ओलीको सचिवालयले जनाएको छ । 

    images
    images
    images

    राष्ट्रपति चुनावको उम्मेदवारी मनोनयन गर्ने दिन नजिक आइसक्दा पनि माओवादी केन्द्र र एमालेबीच उम्मेदवारका विषयमा सहमति नभएका बेला यो भेट भएको हो । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ भने एमालेले आफ्नो पार्टीबाट हुनुपर्ने बताउँदै आएको छ । 

    images
    images
    images

    राष्ट्रपति चुनावकै विषयलाई लिएर वर्तमान सत्ता गठबन्धनमा अविश्वास बढेको छ । माओवादीले राष्ट्रिय सहमतिको कुरा गरेपछि एमाले सशंकित छ । बिहीबार प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । 

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।