Logo

२०८३, श्रावण ३१गते


images
images

स्वास्थ्य मन्त्रीद्वारा देवदह नगर अस्पताल निरीक्षण, आवश्यक सहयोग गर्ने प्रतिबद्धता

स्वास्थ्य मन्त्रीद्वारा देवदह नगर अस्पताल निरीक्षण, आवश्यक सहयोग गर्ने प्रतिबद्धता

images
  • स्वास्थ्य मन्त्रीद्वारा देवदह नगर अस्पताल निरीक्षण, आवश्यक सहयोग गर्ने प्रतिबद्धता
    images
    images

    देवदह । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले देवदह नगरपालिकाद्वारा संचालित देवदह  नगर अस्पतालको निरीक्षण गरेका छन । देवदहको पानबारीस्थित स्वास्थ्य तालीम केन्द्रमा आयोजित जिल्लास्तरिय स्वास्थ्य तालिमको समापन कार्यक्रममा सहभागी हुन शुक्रबार देवदह आएका स्वास्थ्यमन्त्री पन्थीले नगर अस्पतालको निरीक्षण गरेका हुन् । 

    images
    images
    images

    नगर अस्पतालको निरिक्षण गर्दै मन्त्री पन्थीले नगरपालिकाले नगर अस्पताल संचालन गरेकोमा पालिकाको प्रशंसा गरे ।  अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका स्वास्थ्य मन्त्रीसंग अस्पतालमा आवश्यक डिजिटल एक्सरे मेसिन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीको उपलब्धताका लागि देवदहका जनप्रतिनिधि र अस्पताल प्रशासनले अनुरोध गरेका थिए । 

    images
    images
    images
    331419819_566752745363239_7323344522992992374_n.jpg

    जनप्रतिनिधि र अस्पताल प्रशासनको अनुरोधलाई स्वीकार गर्दै स्वास्थ्य मन्त्री पन्थीले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाएको अस्पताल संचालक समितिका सदस्य समेत रहेका नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।    

    images
    images
    images

    उक्त अवसरमा देवदह नगर प्रवक्ता डुम्रेसंगै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, अस्पताल प्रमुख डिलेश्वर श्रेष्ठ, डा. सन्ध्या सेन, नेकपा एमाले देवदह  इन्चार्ज यम राना, स्थानिय रुद्रमान ढकाल, चक्रपाणि तिवारी लगायतको उपस्थिति रहेको थियो।

    असोज १० गते विधिवत उद्घाटन भएको अस्पतालमा १० सैया रहेका छन । गत माघ १२ गते  देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भई फाल्गुन १ गतेबाट स्वास्थ्य वीमा कार्यक्रम समेत अस्पतालमा संचालित छ । रिफर सेन्टरको रूपमा समेत काम गर्ने अनुमति पाएको नगर अस्पतालमा वीमा वापत पाइने औषधी र उपचार निःशुल्क उपलब्ध छ ।  

    वीमा कार्यक्रम लागु भएपछि अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरिका औषधि निःशुल्क पाउने तथा अस्पताल उपलब्ध नभएका सेवा समेत अस्पतालको रिफरमा अन्य अस्पतालबाट निशुल्क पाउने व्यवस्था छ  ।

    देवदह नगर अस्पतालले रिफर सेन्टरको अनुमति प्राप्त गरेपछि स्वास्थ्य वीमा वापत पाउने सेवा प्राप्त गर्न विरामीहरू लुम्बिनी प्रादेशिक अस्पताल जानुपर्ने समस्या हटेको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगर अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।