राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा अवस्थित देवदह इङ्गलिस बोर्डिङ्ग स्कुलले आफ्नो २७ औँ बार्सिकोत्सव तथा रजत महोत्सवको अवसरमा देवदहका बिभिन्न क्षेत्रमा सरसफाइ कार्यक्रम तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायीत्वको बोध गर्दै पिपलडाँडा टोल बिकास संस्थालाइ दस थान डस्टबिन तथा दुर्गा मन्दिरलाई १ थान पन्खा बितरण गरिएको बिधालयका प्राचार्य बिष्णु प्रसाद पौडेलले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम देवदह नगरपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण प्रसाद आधिकारीले देवदह इङ्गलिस बोर्डिङ्ग स्कुलले उत्कृष्ट शैक्षिक गतिविधिहरु संचालन गर्दै आज २७ औँ वसन्त पार गरि रजत महोत्सव मनाउन लागेकोमा बधाइ तथा शुभकामना व्यक्त गरे। यो विद्यालय आफ्नो वडा अन्तर्गत पर्ने भएकाले यसको गतिविधिका कारण वडाको पनि गौरव बढेको भन्दै विद्यालयलाइ धन्यवाद व्यक्त गरे। यस्ता सामाजिक काम प्रसंसायोगय रहेको र सामाजिक गतिविधिमा संलग्न हुनका लागी बिद्यार्थीलाई प्रोत्साहन गर्न यास्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने उनले बताए।
कार्यक्रममा बोल्दै दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिमलाल काफ्लेले विद्यालयले समाजमा पनि असल छवि बनाउन सफल भएको र मन्दिरलाइ सहयोग गरेको धन्यवाद व्यक्त गरे।
आफ्नो बिद्दालय वडा नं ७ अन्तर्गत पिपलडांडा टोलमा पर्ने र सो टोलले बिद्दालयको समग्र विकासकालागी महत्वपूर्ण भुमिका खेलेको भन्दै टोल र मन्दिरलाइ सामाग्री वितरण गरिएको देवदह इङ्गलिस बोर्डिङ्ग स्कुलका प्राचार्य बिष्णु प्रसाद पौडेलले बताए।
उक्त सामाग्री बितरण लगतै विद्यालयका करिव ८० जना विद्यार्थी सहित शिक्षकको समूह मिलेर वडा नं ७ का विभिन्न क्षेत्र सरसफाइ गरेका थिए। कार्यक्रम देवदह इङ्गलिस बोर्डिङ्ग स्कुलका प्राचार्य बिष्णु प्रसाद पौडेलको अध्यक्षता, देवदह नगरपालिका वडा नं ७ वडाध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता र देवदह इङ्गलिस बोर्डिङ्ग स्कुल कार्यवाहक प्राचार्य मान बहादुर क्षेत्रीको संचलनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology