Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह मेलामा आयोजित छात्रा भलिबल प्रतियोगिताको विजेता बन्यो जनप्रिय मावि

देवदह मेलामा आयोजित छात्रा भलिबल प्रतियोगिताको विजेता बन्यो जनप्रिय मावि

images
  • देवदह मेलामा आयोजित छात्रा भलिबल प्रतियोगिताको विजेता बन्यो जनप्रिय मावि
    images
    images

     देवदह । माघ २६ देखि देवदह मण्डपमा सुरु भएको सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सवद्वारा आयोजित अन्तर विद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगिताको उपाधी जनप्रिय माध्यमिक विद्यालय देवदह-१० ले जितेको छ । 

    images
    images
    images

    331970510_736625011394704_3998432528650438133_n.jpg

    images
    images
    images

    १२ विद्यालयका १६ टीम सहभागी प्रतियोगितामा शनिबार सेमिफाइनल र फाइनलका खेल भएका थिए । सेमिफ़ाइनलमा पुगेका ४ समूहमध्य २ समूह सगरमाथा आवासीय विद्यालयका थिए भने देवदह-१० भलुहीको जनप्रिय मावि र देवदह-७ शितलनगरको देवदह मावि सेमिफाइनलमा पुगेका थिए । जसमध्य सेमिफ़ाइनलको पहिलो खेलमा सगरमाथा माविलाई पराजित गर्दै जनप्रिय मावि फ़ाइनलमा प्रवेश गरेको थियो भने दोस्रो खेलमा सगरमाथा समूह 'बि' लाई पराजित गर्दै देवदह मावि फ़ाइनलमा पुगेको थियो । 

    images
    images
    images
    331664074_5838210609598079_8299430964298576117_n.jpg

    जनप्रिय मावि र देवदह माविबीच भएको फ़ाइनल खेलमा देवदह माविलाई पराजित गर्दै जनप्रिय माविले उपाधी चुमेको हो। 

    प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई र नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै सहभागी सम्पूर्ण विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको प्राप्त गर्ने खेल संयोजक रमेश थापाले जानकारी दिए। साथै तीन जना खेलाडिलाई इमर्जिंङ खेलाडी अवार्ड समेत दिईएको छ ।

    331915160_577569817605324_2912253051541807558_n.jpg

      

    त्यसैगरी, शनिबार नै महोत्सवको खेल समन्वय उप समितिद्वारा पुरुष भलिबल प्रतियोगिताको समेत सुरूवाट गरेको छ ।  देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेद्वारा एक कार्यक्रमका बीच खेलको उद्घाटन गरिएको छ ।  पुरुष भलिबल तर्फ २४ टिम सहभागी भएको आयोजकले जनाएको छ । 

    331743781_1632189753880369_3764821759669834033_n.jpg

    फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा नि:शुल्क स्वास्थ्य शिविर संचालन भैरहेका छन् । 

    मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।