राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नँ ७ मा अवस्थित देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुल द्वारा नगर स्तरीय छात्र भलिबल प्रतियोगिता शुभारम्भ भएको छ। सो प्रतियोगिता बिद्यालय को २७ औँ वार्सिकोत्सव तथा रजत महोत्सवको अवसरमा आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले राज्यले गर्नु पर्ने कार्यक्रम बिद्यालयले आयोजना गरेको बिद्दालयलाइ धन्यवाद व्यक्त गरे। देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलले शैक्षिक जगतमा आफुलाइ स्थापित गर्दै अतिरिक्त कृयाकलापमा पनि नाम कमाउन सफल भएको मा बधाइ व्यक्त गरे। उनले बिद्यालय को २७ औँ वार्सिकोत्सव तथा रजत महोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलक संस्थापक प्राचार्य बिष्णु पौडेलले बिद्यालयले शैक्षिक क्षेत्रमा बिगत लामो समय देखि विभिन्न चुनौती सहेर आज रजत महोत्सव मनाउन लागिरहेकी भन्दै सबैलाइ धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रम देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका बिद्दालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार रेग्मीको अध्यक्षता, देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका संस्थापक प्राचार्य बिष्णु प्रसाद पौडेलको स्वागत र देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका सहायक प्राचार्य मान बहादुर संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुसोतम बस्याल लग्यात विभिन्न बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology