राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा अवस्थित देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलले आफ्नो २७ औँ वार्षिकोत्सव तथा रजत महोत्सव समारोहको अवसरमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
२७ औँ वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा सो बिद्यालयले विगत एकहप्ता देखी सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम देवदह नगरपालिकाका प्रमुख धुर्ब प्रसाद खरेलले विद्यालय विभिन्न चुनौतीको सामना गरेर यहाँसम्म आएको र आफ्नो रजत महोत्सव मनाउन लागेकोमा बधाई एवम शुभकामना व्यक्त गरेका थिए। उनले २१ औँ शताब्दीको शिक्षा गुणस्तरीय हुन आवश्यक रहेको र देवदह नगरपालिकाभित्र रहेका विद्यालयहरुमा असल प्रतिस्पर्धा हुन आवश्यक रहेको बताए।
कार्यक्रममा महोत्सवसङ्गै विद्यालय इतिहासबारे जानकारी दिँदै देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका संस्थापक प्राचार्य बिष्णु प्रसाद पौडेलले विद्यालयले विभिन्न रचनात्मक गतिविधिमा सहभागी हुँदै विभिन्न कष्ट सहेर पठनपाठन सुरु गरेको र आज यो अवस्थामा आइपुगेको भन्दै सबैलाइ धन्यवाद व्यक्त गरे।
कार्यक्रममा बोल्दै नागरिक समाज रुपन्देहीका सदस्य रमेश पोख्रेलले शिक्षा सबैसङ्ग हुने र फरक फरक किसिमले हुने भएकाले सबैको सम्मान गर्न आवश्यक रहेको बताए। आफुले नजानेको ज्ञान अरु सङ्ग हुनसक्ने त्यसबाट आफुले फाइदा लिने र आफुले जानेको कुरा अरुलाइ सिकाएर शिक्षाको मुल्यमान्यतालाइ कायम राख्न आग्रह गरेका थिए।
कार्यक्रम देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार रेग्मीको अध्यक्षता, देवदह नगरपालिकाका नगरप्रमुख धुर्व प्रसाद खरेलको प्रमुख आतिथ्यता र बिद्दालयका सहायक प्राचार्य मान बहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology