देवदह । फाल्गुन १२ गते (आज) हुने भनिएको देवदह नगरपालिकाले १२औँ नगरसभा स्थगित भएको छ । सेतोमसीसंग कुरागर्दै नगर प्रवक्ता गणेश डुम्रेले केहि ऎन र कार्यविधि निर्माणको तयारि गर्नुपर्ने भएकोले फाल्गुन १२ गते गर्ने भनिएको नगरासभा स्थगित गरेर फाल्गुन ३० गते गर्ने निर्णय भएको बताए।
साथै सधै होटलमा नगर सभा गर्दै आएको नगरपालिकाले यसपटक भने होटेलमा नगरसभा नगर्ने भएको छ। खर्च धेरै हुने र नगरपालिकाको स्वामित्वका आफ्नै हल समेत भएको हुनाले १२औं नगर सभा नगरपालिका आफैको स्वामित्वमा रहेका हलमा गर्ने जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology