Logo

२०८३, श्रावण ३०गते


images
images

उम्मेदवारी दर्तापछि पौडेलले भने : ओलीजी मसँगै जेल बस्नुभएको हो, अन्तिमसम्म सहयोग गर्नुहुन्छ

उम्मेदवारी दर्तापछि पौडेलले भने : ओलीजी मसँगै जेल बस्नुभएको हो, अन्तिमसम्म सहयोग गर्नुहुन्छ

images
  • उम्मेदवारी दर्तापछि पौडेलले भने : ओलीजी मसँगै जेल बस्नुभएको हो, अन्तिमसम्म सहयोग गर्नुहुन्छ
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेले पनि आफूलाई साथ दिने अपेक्षा गरेका छन् ।

    images
    images
    images


    शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेदवारी दिएपछि उनले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए ।

    images
    images
    images

    एमाले अध्यक्ष ओली पनि म सँगै जेल बस्नुभएको हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उनले पत्रकारहरुसँग भने । पौडेलले राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको पनि साथ पाउने बताएका हुन् ।

    images
    images
    images

    राष्ट्रपतिमा निर्वाचित भएमा नेपालको संविधानको अक्षर र भावनाको अक्षरश पालना गर्ने पौडेलले बताए । त्यस्तै गणतन्त्र संस्थागत गर्ने र नेपाली जनताको सार्वभौमसत्तालाई बलियो र सुरक्षित बनाउने पनि उनले बताए ।

    नेपालमा आएको परिवर्तनको रक्षा गरेर नेपाली जनताको उन्नती अघि बढाउने, नेपाली जनताको एकता, राष्ट्रिय अण्खडता र राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोग हुन्छ’ उनले भने ।


    २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।