Logo

२०८३, आश्विन ९गते


images
images

मगर दिवसमा देवदह नगरपालिकामा स्थानीय बिदा

मगर दिवसमा देवदह नगरपालिकामा स्थानीय बिदा

images
  • मगर दिवसमा देवदह नगरपालिकामा स्थानीय बिदा
    images
    images

     देवदह । देवदह नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ। मगर एकता दिवसको अवसरमा फाल्गुन १५ गते नगरपालिकाले स्थानीय बिदा दिएको हो।

    images
    images
    images

    नगरपालिकाका शाखा अधिकृत रमेश गिरीद्वारा जारी सूचनामा नगरपालिकाको आइतबारको निर्णय अनुसार सोमबार बिदा दिईएको जनाईएको छ। सूचनामा गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु लगायत सम्पूर्ण संघ संस्थाहरु बन्द हुने उल्लेख छ । 

    images
    images
    images

    यसअघि १५ हजार बढी मगर समुदायको बसोबास भएको देवदह मगर बाहुल्य नगरपालिका भएको उल्लेख गर्दै देवदह मगर संघले मगर एकता दिवसमा  स्थानीय बिदा दिन माग गरेको थियो। 

    images
    images
    images

    शुक्रबार मगर दिवसको अवसरमा आयोजित विविध कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मगर संघ देवदह अध्यक्ष शोभा कुमारी थापाले मगर समुदायका कार्यक्रममा नगरपालिकाले अपेक्षित सहयोग नगरेको र स्थानिय बिदा नदिएको भन्दै गुनासो गरेकी थिईन। 

    नगरपालिकाले स्थानिय बिदा दिएपछि सेतोमसीसंग कुरा गर्दै अध्यक्ष थापाले आफूहरूको माग अनुसार नगरपालिकाले निर्णय गरेको भन्दै खुसि व्यक्त गरिन।   

    मगर दिवसको अवसरमा देवदहमा दुई भव्य कार्यक्रमको आयोजना गरिएको छ।  नगरपालिकाको वडा नम्बर १० चरंगे र वडा नम्बर ५ को पानबारी खेल मैदानमा कार्यक्रम आयोजना गरिएको मगर संघले जनाएको छ।  

    देवदह ५ पानबारीमा आयोजित कार्यक्रमलाई  यस क्षेत्रका प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा लगायत प्रदेश सांसदहरूले  सम्बोधन गर्ने कार्यक्रम छ। 

    332331728_936989183983904_5197595849295405402_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।