Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा मनाइयो ४४ औं मगर एकता दिवस

देवदहमा मनाइयो ४४ औं मगर एकता दिवस

images
  • देवदहमा मनाइयो ४४ औं मगर एकता दिवस
    images
    images

    देवदह । नेपाल मगर संघ देवदह नगरसमितिले ४४ औं मगर एकता दिवस–२०८२ मनाएको छ ।  फागुन १५ लाई सांगठनिक पर्वका रूपमा मनाउँदै आएको संघले देवदहको पानवारी कार्यक्रम मनाएको हो ।

    images
    images
    images

    संघका अध्यक्ष किसशनबहादुर थापाको अध्यक्षता तथा आदिवासी जनजाति आयोगका सदस्य डा. मिन श्रीषको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै डा. श्रीषले नेपालमा मातृभाषा लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि तीनै तहका सरकारले पहल गर्नुपर्ने बताए । मातृभाषासँग संस्कृति र इतिहास जोडिएको उल्लेख गर्दै उनले मातृभाषामा शिक्षा लागू गर्न र स्थानीय कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले मातृभाषा, संस्कार र संस्कृति देशको गहना भएकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिका लागिरहेको बताए । मातृभाषा अभियन्ता भिमप्रसाद गुरुङले भाषा र संस्कारबिना जातीय पहिचान स्थापित नहुने उल्लेख गर्दै मातृभाषा संरक्षणका लागि सरकारी लगानी आवश्यक रहेको बताए ।

    कार्यक्रममा संघका केन्द्रीय लेखा सदस्य जसबहादुर पुन, आदिवासी जनजाति महासंघका मिना श्रेष्ठ, पूर्वअध्यक्ष लालबहादुर दर्लामी, नारायण श्रीषलगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा मगर भाषा संरक्षण तथा प्रवर्द्धनमा योगदान दिएको भन्दै भिमप्रसाद गुरुङलाई सम्मान गरिएको छ । साथै ज्येष्ठ नागरिक, विद्यार्थी तथा लोकसेवा आयोगमा नाम निकाल्न सफल मगर समुदायका व्यक्तिहरूलाई पनि सम्मान गरिएको संघले जनाएको छ ।

    खैरेनीबाट सुरु भएको र्याली पानवारीमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले सोरठी, झ्याउरे, घाटु लगायतका नृत्य प्रस्तुत गरेका थिए । संघका उपाध्यक्ष मिलन मास्कीले स्वागत र सचिव चोलीमाया रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मगर दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।