काठमाडौं । तीन दिनमा सुनको मूल्य थप दुई हजार पाँच सय रूपैयाँले वृद्धि भएको छ।
बिहीबार एक लाख एक हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको हो।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँ थियो।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको लगातार तीन दिनदेखि बढेको हो।
संघका अनुसार आइतबार चादीको मूल्य २५ रुपैयाँले बढेको छ।
शुक्रबार एक हजार २२० रुपैयाँमा कारोबार भएकोमा एक हजार २४५ रुपैयाँमा किनबेच भएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६७ रूपैयाँमा कारोबार भइरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology